आईतवार, कार्तिक १,२०८३ 10:01:23
  • आईतवार, कार्तिक १,२०८३ 10:01:23
Global IME Bank Limited

नेप्सेमा लगातार दुईदिन हरियाली, जानकार भन्छन्, ‘बजार स्थिर हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक’

Bizshala
नेप्सेमा लगातार दुईदिन हरियाली, जानकार भन्छन्, ‘बजार स्थिर हुन लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक’
New Office

काठमाण्डौ । सेयबजारको वृद्धि आजपनि जारी रहेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३३ प्रतिशत अर्थात ८.७८ अंकले बढेर २ हजार ६६१.७१ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८५ प्रतिशतले बढेर ४६२.४७ विन्दुमा पुगेको छ।

अघिल्लो दिनपनि नेप्से करिब ४५ अंकले बढेको थियो ।

आज नेप्सेमा सूचीकृत ३५९ वटा स्क्रिप्टको ८९ लाख ६४ हजार २२३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ८६ करोड ११ लाख बढीको सेयर कारोबार भएको थियो।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘सरकारको धरपकडका कारण बजारमा लगानीकर्ताहरुको मनोबल खस्किएको अवस्था छ, जसकारण पछिल्लो केही समययता बजारमा लगातार गिरावट आएको छ । बजार लगातार घटेका कारण हिजो र आज केही सुधार देखिएको मात्रै हो, नत्र बजारले लय लिइसकेको छैन । बजार स्टेबल हुन अझै केही समय लाग्न सक्छ, त्यसको लागि लगानीकर्ताको मनोबल उच्च हुन आवश्यक छ । लगानीकर्ताहरुको थोरै आशा अब मौद्रिक नीतिमा देखिएको छ ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनले थपे, ‘तर बजेटमार्फत नै अधिकांश कुरा आइसकेकाले मौद्रिक नीतिमा पनि खासै अपेक्षा गर्ने अवस्था छैन । आज दिनभरी घटेको बजार अन्तिम समयमा आएर बढेको छ । यस्तो बजारमा अझै केही समूहगत लगानीकर्ता सक्रिय छन् भन्ने बुझ्न सकिन्छ र यस्तो बजारमा सेलिङ प्रेसर आउने सम्भावना रहन्छ । साथै अहिलेको बजारलाई असार मसान्तको पनि दबाब देखिएको छ । बजारमा कन्फिडेन्ट नभएकाले यतिबेला लगानीकर्ताहरु बजारमा लगानी गर्न सकिरहेका छैनन् ।’

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटामा रातो पोतियो । आज बैंकिङ समूह सर्वाधिक अर्थात २.०४ प्रतिशतले बढ्यो । यस्तै फाइनान्स समूह ०.२८, जीवन बीमा ०.१६, लघुवित्त ०.०५ र म्युचुअल फण्ड ०.०६ प्रतिशतले बढ्यो।

यस्तै आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थातट ०.८६ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.११ प्रतिशत, होटल ०.१३, हाईड्रो ०.२६, लगानी ०.०३, निर्जीवन बीमा ०.३४, अन्य ०.२० र व्यापार ०.५० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज लक्ष्मी सनराइज बैंकको सर्वाधिक सेयर कारोबार भयो । यो बैंकको आज ४१ करोड ३२ लाख बढीको सेयर कारोबार भयो । यस्तै एनआईसी एशिया डिबेञ्चर २०८५÷८६ को ४० करोड ७७ लाख, रिलायन्स स्पीनिङ मिल्सको २५ करोड २९ लाख, एभरेष्ट बैंक डिबेञ्चर २०८५ को १६ करोड ९५ लाख र नबिल बैंकको १२ करोड १५ लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये चारवटा  कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज अपर लोहरेखोला हाईड्रो, कालंगा हाईड्रो ,स्नो रिभर्स र सानिगाड हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै धौलागिरी लघुवित्तको सेयरमूल्य १३.६७ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.०९ र क्रेष्ट माइक्रो लाइफको सेयरमूल्य ९.५३ प्रतिशतले बढ्यो ।

यो दिन भुजुङ हाईड्राको सेयरमूल्य सर्वाधिक अर्थात ९.४३ प्रतिशतले घट्यो । यस्तै सामुदायिक लघुवित्तको सेयरमूल्य ७.८३ र सिवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ७.२३ प्रतिशतले घट्यो ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.