आईतवार, असार १५,२०८२ 09:12:58
  • आईतवार, असार १५,२०८२ 09:12:58
Global IME Bank Limited

लगातार पाँच दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

Hyundai Nepal
लगातार पाँच दिन घट्यो नेप्से, जानकार भन्छन्, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३२ प्रतिशत अर्थात ८.४१ अंकले घटेर २ हजार ६११.८५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४४० विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । लगानीकर्तामा कस्तो गभर्नर आउने भन्ने कौतुहलता छ । केही क्षेत्रमा नाफा बुक समेत भएकाले बजारमा दबाब परेको छ ।’

बजारमैत्री गभर्नर आएर नीतिमा परिवर्तन गरेमा बजारले राम्रो गति लिने सम्भावना समेत रहेको उनले विश्वास व्यक्त गरे ।  

यस्तै अर्थशास्त्री सूर्यनारायण पौडेलले पनि लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको, नाफा बुक पनि भएको र गभर्नर नियुक्तिको विषयले लगानीकर्ताको आत्मबल नबढेको बताए ।  

उनले सरकारले समयमै गभर्नर नियुक्त गर्न नसक्नु लज्जास्पल भएको टिप्पणी गरे । ‘यसअघिको बजारको ट्रेण्डलाई हेर्ने हो भने अगस्ट महिनामा बजारमा प्रायः स्विङ आउने गरेको देखिन्छ । त्यसैले बजारमा केही आशा गर्ने ठाउँ समेत देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात ४.९१ प्रतिशतले बढ्यो । यस्तै म्युचुअल फण्ड ०.२९ र व्यापार समूह ०.७० प्रतिशतले बढ्यो । विकास बैंक समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज २.२१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१९ प्रतिशत, वित्त ०.६९, लघुवित्त ०.०६, हाईड्रो ०.५०,लगानी ०.०२, जीवन बीमा ०.४०, उत्पादन तथा प्रशोधन ०.४३,निर्जीवन  बीमा ०.३७ र अन्य समूह १.२८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सोल्टी होटलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४६ करोड १९ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युत कम्पनीको ४४ करोड १७ लाख, युनिभर्सल पावरको ३३ करोड ४५ लाख, ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख र सानिमा माई हाईड्रोको २७ करोड ७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । ९.९९ प्रतिशत मूल्यवृद्धिका साग आज यो कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यस्तै बाराही हाईड्रोको सेयरमूल्य ८.७७ प्रतिशत,सोल्टी होटलको ८.२७,उपकार लघुवित्तको ७.५४ र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ५.७२ प्रतिशतले बढ्यो ।  

कर्पोरेट डेमलपमेन्ट बैंक आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ९.१० प्रतिशतले घट्यो ।  

यस्तै जोशी हाईड्रोको सेयरमूल्य ८.८७ प्रतिशत, सिन्धु विकास बैंकको ६.०२ र ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.८१ प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.