आईतवार, असार २१,२०८३ 05:20:03
Bizshala
  • आईतवार, असार २१,२०८३ 05:20:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्से पुनः२ हजार विन्दु तल,‘धितोपत्र सम्बन्धी कसुर प्रहरीले छानबिन गर्ने भएपछि डराए लगानीकर्ता’

Laxmi Sunrise Bank Limited
नेप्से पुनः२ हजार विन्दु तल,‘धितोपत्र सम्बन्धी कसुर प्रहरीले छानबिन गर्ने भएपछि डराए लगानीकर्ता’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १४.८१ अंकले घटेर १९९१.७१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६३ प्रतिशतले घटेर ३५३.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ५४ लाख ७१ हजार ६८ कित्ता सेयर २ अर्ब १० करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘हालै मात्रै धितोपत्र ऐन संशोधन भएको छ । जसमा इ्रन्साइटर ट्रेडिङमा संलग्नमाथि प्रहरीले समेत अनुसन्धान गर्न सक्ने विषयले लगानीकर्ता डराएका छन् । नयाँ अर्थमन्त्रीले पनि बाचा गरे अनुरुप काम गर्न सकेनन् । गृहमन्त्री सहकारी घोटाला प्रकरणमा मुछिएकाले गठबन्धन टिक्ने÷नटिक्ने भन्ने विषय रहिरह्यो ।’

वित्तीय क्षेत्र अस्थिर रहँदा संस्थापक लगानीकर्ता र उद्योग व्यवसायी पलायन हुने अवस्था सिर्जना भएको र मौद्रिक नीतिको समीक्षामा समेत कुनै परिवर्तन नहुने देखिएकाले बजारमा गिरावट आएको गजुरेल बताउँछन् । यद्यपी बजार प्राविधिक रुपमा भने १९३२ को विन्दुबाट तल नजाने उनले दाबी गरे ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यष राजन लम्सालले पनि धितोपत्र सम्बन्ध्री विषय प्रहरीले छानविन गर्ने व्यवस्थाले लगानीकर्ताको मनोबल खस्किएको बताए । पछिल्लो समय धितोपत्र बोर्डको अध्यक्षको छनौट प्रक्रिया रोकिनु र अर्थमन्त्रीले समेत मौनता साध्नुले लगानीकर्तामा आत्मविश्वासको कमी आएको लम्सालले बताए ।    

New Office
CG Motors
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतिएको छ । बैंकिङ समूह ०.४१ प्रतिशतले घटेको आज विकास बैंक ०.१९,वित्त ०.४८,होटल ०.२८,हाईड्रो १.३१,लगानी ०.६०,जीवन बीमा ०.५४,उत्पादन तथा प्रशोधन ०.५८,लघुवित्त १.१६,म्युचुअल फण्ड ०.०१,निर्जीवन बीमा ०.७५ र अन्य समूह १.०७ प्रतिशतले घटेको छ ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन पनि गोर्खाज फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १७ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।  

यस्तै सूर्यज्योति लाइफको ७ करोड ४३ लाख,पोखरा फाइनान्स ६ करोड ६८ लाख,सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाख र शिवम् सिमेन्टको ४ करोड ४७ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । यो कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढ्यो । यो दिन ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.०२ र दिव्यश्वरी हाईड्रोको सेयरमूल्य ४.०४ प्रतिशतले बढ्यो ।  

आज रुरु जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । यो दिन पोखरा फाइनान्सको सेयरमूल्य ६.७४ प्रतिशत,सिवाईसी नेपाल लघुवित्तको ६.५०,दोल्ती पावरको ५.६० र जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य ५.०६ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.