काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २६.४९ अंकले बढेर २७२२.७३.विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार ७३१ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।
आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.८६ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक १.०८ प्रतिशलते बृद्धि भएको छ । आज २६ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ५८८.७० रुपैयाँ पुगेको छ ।
त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, शिखरको ३.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.८५ प्रतिशत, नेशनल लाइफको १.८२ प्रतिशत, हिमालयन एभरेष्टको १.६६ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.६२ प्रतिशत, गार्डियन माइक्रो लाइफको १.५१ प्रतिशत, युनाइटेड अजोडको १.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.२३ प्रतिशत, सिटिजन लाइफको १.१४ प्रतिशत, नेपाल लाइफको ०.८६ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.७३ प्रतिशतले सेयरभाउ बढेको छ ।
यसका साथै सगरमाथा लुम्बिनीको ०.६८ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, आइएमई लाइफको ०.६० प्रतिशत, हिमालयन लाइफको ०.५९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.५६ प्रतिशत, सानिमा जिआइसीको ०.४५ प्रतिशत, आरबीसीएलको ०.३९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.१८ प्रतिशत, सन नेपाल लाइफको ०.१२ प्रतिशत, एलआइसी नेपालको ०.११ प्रतिशत, एशियन लाइफको ०.११ प्रतिशत र हिमालयन रि को ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । आज तीनवटा बीमा कम्पनीको सेयरभाउ घटेको छ । सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ०.३२ प्रतिशतले घटेर ८७९ रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्यज्योति लाइफको ०.०५ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.१८ प्रतिशतले घटेको छ ।