सोमबार, कार्तिक २,२०८३ 04:35:00
  • सोमबार, कार्तिक २,२०८३ 04:35:00
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून

Bizshala
सामान्य अंकले घट्यो नेप्से, कारोबार साढे दुई महिनाकै न्यून
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३४ प्रतिशत अर्थात ९.७० अंकले घटेर २ हजार ७६७.२० विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४७४.९६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर ५ अर्ब २० करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे प्राविधिक विश्लेषक सुवासचन्द्र ढुङ्गाना भन्छन्,  ‘सिजिनल रुपमा पनि यतिबेला बजार साइडवेजमा जाने समय हो । प्रायः गरेर बजार असार–साउन बढ्ने र भदौ–असोजमा घट्ने गरेको पाइन्छ । यतिबेलाको कारोबारले पनि यो कुरालाई पुष्टि गरेको छ । प्राविधिक रुपमा २७२५ देखि २७५० सम्मको विन्दु सपोर्ट लेभलमा देखिन्छ ।’

यद्यपी बजारमा दशैं अघि एउटा मूभ आएको खण्डमा २८ सय देखि २८५० सम्मको स्विङ देखिने उनले बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै अर्का बजार जानकार सुमन कुमार रिजालले सपोर्ट जोनमा एक्युमुलेशन चल्दै गरेको बताए । ‘बजारमा लगानीकर्ता पर्ख र र हेरको अवस्थामा देखिन्छन् । कारोबार पनि सुस्त भएको छ,’ उनले भने ।      

आजको कारोबार पछिल्लो साढे दुई महिनापछिकै न्यून हो । गत जेठ २१ मा ५ अर्ब १६ करोड बढीको कारोबार भएको थियो । त्यसपश्चात आज ५ अर्ब २० करोडको कारोबार भएको छ ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह र म्युचुअल फण्ड समूह क्रमशः २.३५ र ०.१५ प्रतिशतले बढे ।  

विकास बैंक समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.६५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि ०.०६ प्रतिशत, फाइनान्स ०.४६, हाईड्रो ०.४२, लगानी ०.३६, जीवन बीमा ०.२३, उत्पादन तथा प्रशोधन ०.६३,लघुवित्त ०.२४, निर्जीवन बीमा ०.५८, अन्य ०.०२ र व्यापार समूह ०.३९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २५ करोड ९ लाख बढीको कारोबार भयो ।  

यस्तै हिमालयन रि इन्स्योरेन्सको २१ करोड ७६ लाख, चन्द्रागिरी हिल्सको १९ करोड ४० लाख, युनाइटेड मोदी हाईड्रोको १२ करोड ५५ लाख र राधी विद्युत कम्पनीको १२ करोड २१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य १० प्रतिशतले बढ्यो । चन्द्रागिरी हिल्सको मूल्य पनि आज ७.४२ प्रतिशत र सगरमाथा जलविद्युत कम्पनीको सेयरमूल्य ३.८४ प्रतिशतले बढ्यो ।  

यस्तै आज पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ९.०३ प्रतिशतको गिरावट आयो । यो दिन अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य ४.६० र अपरहेवा खोला हाईड्रोको सेयरमूल्य ३.४० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.