सोमबार, श्रावण १८,२०८३ 11:41:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:41:19
Bizshala
Global IME Bank Limited

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून

सामान्य अंकले घट्यो नेप्से,कारोबार २ महिना पछिकै न्यून
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २ हजार ५७६.७६ विन्दुमा खुम्चिएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ४५९.९२ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर ५ अर्ब ६६ करोड ६९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार २ महिना पछिकै न्यून हो । यसअघि गत असार २६ गते ५ अर्ब ७५ करोडको कारोबार भएको थियो । 

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘चाडपर्वको मौसम सुरु हुन लागेकाले बजार यतिबेला केही सुस्त बनेको छ । यद्यपी बजार २५५० भन्दा तल जान्छ जस्तो लाग्दैन । बजारमा प्राइस करेक्सन सकिएको छ भने अब टाइम करेक्सन लिएको देखिन्छ ।’

पौडेलले चाडपर्व अवधिभर बजार साइडवेज पनि चल्न सक्ने आँकलन गर्दै लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘बजारले अहिले नै ठूलो गति नलिएतापनि २७–२८ सय विन्दुसम्म पुग्न सक्छ ’उनले भने ।  

नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले पनि लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘बजार आजबाट घट्न रोकिएको छ । बजारमा बटम लागेका कारण बजारले आइतबारबाट गति लिन सक्छ । बटम लागेका कारण कारोबार पनि घटेको छ । यसले बजारमा तीव्र बार्गेनिङ चलेको बुझ्न सकिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज बैंकिङ समूह ०.७६ प्रतिशत र निर्जीवन बीमा ०.१६ प्रतिशतले बढ्यो ।  

आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट आयो । यो समूह आज २.६८ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक समूह आज ०.१२ प्रतिशत, होटल ०.१२,हाईड्रो ०.१७,लगानी ०.४५,जीवन बीमा ०.३१,उत्पादन तथा प्रशोधन ०.८२,लघुवित्त १.०७,म्युचुअल फण्ड ०.८३, अन्य ०.६३ र व्यापार समूह ०.५७ प्रतिशतले घट्यो ।   

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । सिईडिबिको आज २० करोड ५८ लाख बढीको सेयर कारोबार भयो ।  

यस्तै नेपाल फाइनान्सको १६ करोड ९८ लाख,एनएलजी इन्स्योरेन्सको १५ करोड ९५ लाख,साहस उर्जाको १३ करोड १ लाख र गुडविल फाइनान्सको १२ करोड ८२ लाख बढीको कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने । कालिका लघुवित्त आज सर्वाधिक कमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य ८.०८ प्रतिशतले  बढ्यो । स्वरोज लघुवित्तको सेयरमूल्य पनि आज ७.९२ प्रतिशत, राँवा इनर्जीको ७.३२,भूगोल ईनर्जीको ७.०७ र सुपर माई हाईड्रोको सेयरमूल्य ६.०२ प्रतिशतले बढ्यो ।  

जनउत्थान सामूदायिकको सेयरमूल्यमा आज सर्वाधिक अर्थात ७.६७ प्रतिशतको गिरावट आयो । गूडविल फाइनान्सको सेयरमूल्य आज ६.७७ प्रतिशत,आत्मनिर्भर लघुवित्तको ६.३६ र समृद्धि फाइनान्सको सेयरमूल्य पनि ५.९७ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.