सोमबार, श्रावण १८,२०८३ 11:45:09
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:45:09
Bizshala
Global IME Bank Limited

लगातार चार दिन बढ्यो नेप्से, कारोबार झण्डै पौने १० अर्ब

लगातार चार दिन बढ्यो नेप्से, कारोबार झण्डै पौने १० अर्ब
New Office

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज नेप्से लगातार चौथो दिनपनि बढेको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक १.२९ प्रतिशत अर्थात ३४.४२ अंकले बढेर २ हजार ६९४ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ४६२.५१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर ९ अर्ब ७४ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार पर्वत विष्ट भन्छन्,  ‘बजार घट्नु पर्ने कुनै कारण थिएन । गत वर्षपनि मध्य असारबाट नै बढेका कारण यो वर्ष पनि सोही ट्रेण्ड बजारमा देखिएको छ । लगानीकर्ता राम्रा र सस्ता कम्पनीतर्फ आकर्षित भएको देखिन्छ ।’

प्राविधिक रुपमा पनि बजारले २५९० मा लो लगाएर माथि चढेको र अब २७३० भन्दा माथि लागेको खण्डमा बजारले थप उचाई लिन सक्ने उनले बताए ।  

अर्का बजार जानकार देव गुरागाईले पनि यो समय सेयर बजारमा पनि मानो रोपेर मुरी फलाउने बेला भएको बताए । ‘लामो समय साइडवेज गएको बजारले तल ब्रेक गर्न नसके पछि माथि लागेको छ । मौद्रिक नीति नआईसकेता पनि बजारमैत्री आउने आँकलनका कारण हिजोआज बजारमा सुधार आएको छ ।’ उनले भने ।

उनले २०८२–८३ सालसम्ममा बजारले ठूलो फड्को मार्ने बजार साइकलको आधारमा दाबी गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.८५ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह १.३९ प्रतिशत, विकास बैंक १.९३, फाइनान्स २.१७, होटल ०.६७, हाईड्रो ०.४६, लगानी १.१८, उत्पादन तथा प्रशोधन ०.६५,लघुवित्त ०.५२,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा २.६५,अन्य ०.८४ र व्यापार समूह १.८९ प्रतिशतले बढे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ५५ करोड ५३ लाख, साहस उर्जाको ४९ करोड ४१ लाख,सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड र बुटवल पावरको सेयरमूल्य २८ करोड ७५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज अपर सर्किट लाग्ने कम्पनीहरुमा ग्रिन डेभलपमेन्ट बैंक,खानीखोला हाईड्रो र नेपाल इन्स्योरेन्स रहे ।  

यसैगरी गुराँस लघुवित्तको सेयरमूल्य ९.१५, सिन्धु विकास बैंकको ८.९२ र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.२९ प्रतिशतले बढ्यो ।  

विन नेपाल लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ३.३१ प्रतिशतले घट्यो । यस्तै युनिभर्सल पावरको २.४७ र अभियान लघुवित्तको २.३२ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.