सोमबार, कार्तिक २,२०८३ 04:28:09
  • सोमबार, कार्तिक २,२०८३ 04:28:09
Global IME Bank Limited

ट्रेडर हाबी बन्दा सेयरबजारमा सामान्य गिरावट, माथि लाग्नेमा विज्ञ आशावादी

Bizshala
ट्रेडर हाबी बन्दा सेयरबजारमा सामान्य गिरावट, माथि लाग्नेमा विज्ञ आशावादी
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.२० प्रतिशत अर्थात ५.१७ अंकले घटेर २ हजार ५६६.१६ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४४७.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड १५ लाख १ हजार २८४ कित्ता सेयर ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे भन्छन्, ‘आज बजार सामान्य अंकले घट्नुको मुख्य कारण भनेको बजारमा ट्रेडर हाबी हुनु हो । अल्पकालीन लगानीकर्ता धेरै भएकाले होल्ड गर्न नसक्ने र छोटो समयमा नै थोरै नाफा खाएर बेच्ने प्रवृत्तिले बजारको स्थायित्वमा असर पारेको छ । ब्रोकरको प्रेसरले एउटा स्टकमा ५ रुपैयाँ नाफा भएपनि बेचेर उम्किहाल्ने प्रवृत्ति धेरैमा छ । सबै कुरा सकारात्मक हुँदाबा वाबजुत पनि बजार सस्टेन हुन सकिरहेको छैन । तर केही दिनपछि बजार रिभर्सल भएर अवश्य फर्किने सम्भावना छ ।’

त्यस्तै, बजार जानकार अजय सिं थापा (जय शम्भु)भन्छन्, ‘समग्रमा भन्नुपर्दा अहिलेको मार्केट करेक्टिभ वेतर्फ छ । अहिलेको बजार बुलिस सेगमेन्टमा छैन । बजारलाई लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रभाव पारिरहेको छ । राजीतिक विषयलगायत विभिन्न कुराले लगानीकर्तामा आत्मविश्वास बढ्न सकिरहेको छैन । तर बजार माथि जाने सम्भावना भने देखिन्छ । बजार २५ सयबाट बढेर २७५० वा २८ सयको विन्दुमा पुग्ने सम्भावना रहेको छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात २.१५ प्रतिशतले बढ्यो । यस्तै हाईड्रो समूह ०.०१ प्रतिशत, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात १.२० प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३४ प्रतिशत, विकास बैंक ०.९१, फाइनान्स ०.७७, लगानी ०.१७, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फण्ड ०.०८ र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन युनियन हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड ६५ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज २३ करोड १९ लाख, बुटवल पावरको २२ करोड ७२ लाख, राधी विद्युतको २२ करोड ३० लाख र हिमालयन रि इन्स्योरेन्सको १८ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज खानीखोला हाईड्रोपावर, उपकार लघुवित्त र मानुषी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै हिमालयन पावर पार्टनरको सेयरमूल्य ८.७४ प्रतिशत, आशा लघुवित्तको ७.६८, न्यादी हाईड्रोपावरको ६.३१ र माईखोला हाईड्रोपावरको सेयरमूल्य ५.६० प्रतिशतले बढ्यो ।  

पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्यमा आज ३.६९ प्रतिशतको गिरावट आयो । सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य पनि आज ३.२१ प्रतिशत र सुपर माई हाईड्रोको सेयरमूल्य ३.१४ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.