सोमबार, कार्तिक २,२०८३ 04:34:13
  • सोमबार, कार्तिक २,२०८३ 04:34:13
Global IME Bank Limited

लगातार ४ दिन घट्यो नेप्से, ‘संस्थागत लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

Bizshala
लगातार ४ दिन घट्यो नेप्से, ‘संस्थागत लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
New Office

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४७ प्रतिशत अर्थात १२.८७ अंकले घटेर २ हजार ६७६.१२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२९ प्रतिशतले घटेर ४५५.७१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड १५ लाख २३ हजार ३ कित्ता सेयर ५ अर्ब ६२ करोड ९९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै नेप्सले लगातार ४ दिन घटेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘अर्थतन्त्रमा खासै सुधार नदेखिएको र कम्पनीहरुको लाभांश क्षमता बढ्न नसक्दा पछिल्लो समय बजारले गति लिन सकिहरहेको छैन । यसका साथै हकप्रद तथा प्राथमिक सेयरको सप्लाई बढ्ने सम्भावनाका कारण समेत बजारमा दबाब परेको छ ।’

थापाका अनुसार प्राविधिक रुपमा आइतबारको कारोबाले ट्रेण्डलाई ब्रेक डाउन भएका कारण बजारको माथिको सम्भावना कमजोर देखिएको छ ।    

अर्का बजार जानकार दामोदर गजुरेलले आज सपोर्ट जोनबाट बजार फर्किएका कारण बजार २६६० माथि रहुँन्जेल मजबुत नै रहेको बताए । ‘आधारभूत रुपमा बैंक तथा वित्तीय संस्थाको रिपोर्ट कमजोर आउनु र जलविद्युत कम्पनीहरुको लक–इन अवधि सकिदै जानुका कारण बजारले गति लिन सकेको छैन । संस्थागत लगानीकर्ता पनि पर्ख र हेरको अवस्था मै रहेका छन् । ’

यद्यपी बढ्दो तरलता र घट्दो ब्याजदरका कारण डिसेम्बर महिनामा एउटा बढोत्तरी आउन सक्ने उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटामा हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.०६ प्रतिशतले बढ्यो । यस्तै वित्त समूह ०.१५ प्रतिशत,लगानी ०.७६,म्युचुअल फण्ड ०.१४ र अन्य समूह ०.११ प्रतिशतले बढ्यो ।  

जीवन बीमा समूह आज सर्वाधिक घट्यो । यो समूह आज १.६७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक ०.६८,होटल ०.८३,हाईड्रो ०.५४,लघुवित्त ०.६१ र व्यापार समूह १.३० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड २७ लाख बढीको कारोबार भयो । हिमालयन डिष्टिलरीको आज २७ करोड ९१ लाख,जोशी हाईड्रोको १२ करोड ४६ लाख, जानकी फाइनान्सको ११ करोड १७ लाख र एलआईसी नेपालको १० करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज इमिर्जिङ नेपालको सेयरमूल्य सर्वाधिक अर्थात ८.७६ प्रतिशतले बढ्यो । मिथिला लघुवित्तको सेयरमूल्य पनि आज ७.१४ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३ र हिमालयन डिष्टिलरीको सेयरमूल्य ५.९९ प्रतिशतले बढ्यो ।  

स्वाभिमान लघुवित्त आज सर्वाधिक कमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले ओरालो लाग्दा खानीखोला हाईड्रोको ८.२१ प्रतिशत र एलआईसी नेपालको सेयरमूल्य ७.२५ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.