आईतवार, भाद्र २३,२०८१ 10:40:57
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:40:57
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘ढुक्क भएर लगानी गर्ने अवस्था अझै बनिसकेको छैन’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘ढुक्क भएर लगानी गर्ने अवस्था अझै बनिसकेको छैन’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५० प्रतिशत अर्थात १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७३ प्रतिशतले घटेर ३६५.०५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०६ वटा कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर ३ अर्ब ८७ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘बजारमा अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा आज बजारमा दबाव पर्दा नेप्से घट्न पुगेको हो । अहिले समग्रमा बजार नबढेतापनि सेक्टर रोटेसन गरेर लगानीकर्ताले लगानी गरिरहेका छन् । इन्डेक्स घटेता पनि बैंकिङ समूहबाहेकका अन्य लगानीकर्ताले भने राम्रै आम्दानी गरिरहेका छन् ।’

बजारमा यतिबेला लगानीकर्ताहरु दीर्घकालिन भन्दा पनि अल्पकालिन लगानीमै रमाईरहेकाले र कम्पनीहरुबाट धमाधम संस्थागत लगानीकर्ता बाहिरिदा बजारमा दिगो वृद्धि नदेखिएको भट्टराइले बताए ।  भट्टराइका अनुसार बजार अझै केहि समय साइडवेजमै चल्न सक्ने देखिन्छ ।    

अर्का बजार जानकार निमानन्द कंडेल भन्छन्,‘करको विषयले लगानीकर्तामा त्रास छाउँदा र असार मसान्तको प्रभावका कारणले आज बजारमा सुस्तता छाएको छ । विविध कारणले गर्दा बजारमा ढुक्क भएर लगानी गर्ने वातावरण समेत नभएकाले लगानीकर्तामा पूर्ण आत्मविश्वास जाग्न सकेको छैन ।’

 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा समूहमा मात्रै हरियाली छायो । आज वित्त समूह १.८२ प्रतिशत र म्युचुअल फण्ड समूह ०.१३ प्रतिशतले बढ्यो ।  

आज बैंकिङ समूह ०.६१ प्रतिशत, विकास बैंक ०.८५, होटल ०.९२,हाईड्रो ०.५८,लगानी ०.१५,जीवन बीमा ०.८१,उत्पादन तथा प्रशोधन ०.१६,लघुवित्त ०.६५,निर्जीवन बीमा ०.३१,अन्य ०.४५ र व्यापार समूह ०.७१ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज माउन्टेन इनर्जीको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज १७ करोड १४ लाख बढीको सेयर कारोबार भयो । साथै, आज एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ७४ लाख,सिईडिबि हाईड्रोको ९ करोड ९९ लाख,पोखरा फाइनान्सको ८ करोड ९६ लाख र गोर्खाज फाइनान्सको ८ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

यो दिन कालिका लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.७१ प्रतिशतले बढ्यो ।  

त्यस्तै आज बाराही हाईडोको सेयरमूल्य ६.६३ प्रतिशत,गूडविल फाइनान्सको ५.४६ प्रतिशत र ग्रिन भेन्चर लिमिटेडको सेयरमूल्य ५.०९ प्रतिशतले बढ्यो ।  

आज कुथेली बुखरी हाईडोको सेयरमूल्य सर्वाधिक अर्थात ९.२८ प्रतिशतले घट्यो । यो दिन भगवति हाईड्रोको सेयरमूल्य ५.४७ प्रतिशत,ग्लोबल आइएमई लघुवित्तको ५.३१ र स्वाभिमान लघुवित्तको सेयरमूल्य ४.७९ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X