सोमबार, श्रावण १८,२०८३ 11:51:22
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:51:22
Bizshala
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा भने सुधार

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा भने सुधार
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २४.५९ अंकले घटेर २ हजार ६२९.०८ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४४९.८९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड ९४ लाख १५ हजार ४०७ कित्ता सेयर ११ अर्ब २३ करोड १४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ९ अर्ब ८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार यज्ञ घिमिरे भन्छन्,  ‘बजारमा घटबढ स्वभाविक नै हो । केही दिनदेखि बढिरहेको हाईड्रो सेक्टरमा आज नाफा बुक भएको छ । नाफा बुक भएको पैसा अन्य समूहमा समेत गएको देखिदैन ।’

लगानीकर्ताले चौथो त्रैमासका लागि जोहो गर्न सेयर बिक्री गरेको हुन सक्ने उनले बताए । यद्यपी बजारमा डराउनु पर्ने अवस्था भने नभएको उनले बताए ।  

अर्का बजार जानकार अर्जुन थापाले लगानीकर्ताको मनोबल बढ्न नसकेका कारण बजारमा गिरावट आएको बताए । उनले बजारलाई ठूला लगानीकर्ताले नियन्त्रण राखेको र उनीहरुले केही स्क्रिप्ट मात्रै चलाएर चलखेल गरेका कारण बजार घटेको उनले आरोप लगाए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूह राताम्मे बने । जसमध्ये सबैभन्दा बढी घट्नेमा व्यापार समूह रह्यो । यो समूह आज ३.८४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३९ प्रतिशत, विकास बैंक ०.९१, फाइनान्स ०.८१, होटल १.०२,हाईड्रो १.२६, लगानी ०.६९,जीवन बीमा ०.३६,उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.९३,म्युचुअल फण्ड ०.३२,निर्जीवन बीमा ०.१६ र अन्य समूह १.१२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ८५ करोड ४४ लाख बढीको सेयर कारोबार भयो । बुटवल पावरको पनि आज ५८ करोड ९ लाख, सिंगटी हाईड्रोको ४७ करोड ९१ लाख, सानिमा माई हाईड्रोको ४२ करोड १७ लाख र राधी विद्युतको ३५ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य आज ९.९८ प्रतिशतले बढ्यो ।  

मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्य पनि आज ५.५५ प्रतिशत,शिवश्री हाईड्रोको ४.०४ र पाँचथर पावरको सेयरमूल्य ३.५९ प्रतिशतले बढ्यो ।  

आज तीनवटा कम्पनीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो । पियोर इनर्जी, रसुवागढी हाईड्रोपावर र भूगोल इनर्जीको सेयरमूल्यमा लोवर सर्किट लाग्यो ।  

यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.४४ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.९० प्रतिशतले घट्यो ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.