बिहीबार, बैशाख ३१,२०८३ 07:10:20
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Laxmi Sunrise Bank Limited
२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । 

जीवन बीमा समूह ०.५३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले बढेको छ । आज २१ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०९ प्रतिशतले बढेर ४३४ रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, जीवन बीमातर्फ सिटिजन लाइफको १.१७ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, हिमालयन लाइफको ०.९८ प्रतिशत, आइएमई लाइफको ०.१० प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६२ प्रतिशत, सुर्यज्योति लाइफको ०.५० प्रतिशत र सन नेपाल लाइफको २.०९ प्रतिशतले सेयरमूल्य बढेको छ । 

यसका साथै निर्जीवन बीमातर्फ हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशत, आरबीसीएलको ०.३८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.६५ प्रतिशत, सानिमा जिआइसीको १.६८ प्रतिशत र युनाइटेड अजोडको १.०८ प्रतिशतले सेयरभाउ बढेको छ । 

पुनर्बीमा कम्पनीतर्फ भने नेपाल रि इन्स्योरेन्सको सेरभाउ १.४२ प्रतिशतले बढेर ६४३ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज ०.३१ प्रतिशतले घटेर ५३८ रुपैयाँ कायम भएकोछ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०३ प्रतिशत र एलआइसी नेपालको ०.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.