आईतवार, भाद्र २३,२०८१ 10:42:22
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 10:42:22
IME remit
Global IME Bank Limited

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

Hyundai Nepal
२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । 

जीवन बीमा समूह ०.५३ प्रतिशत र निर्जीवन बीमा समूह ०.४९ प्रतिशतले बढेको छ । आज २१ वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.०९ प्रतिशतले बढेर ४३४ रुपैयाँ पुगेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited
Sagarmatha Cement

त्यस्तै, जीवन बीमातर्फ सिटिजन लाइफको १.१७ प्रतिशत, एशियन लाइफको ०.५५ प्रतिशत, हिमालयन लाइफको ०.९८ प्रतिशत, आइएमई लाइफको ०.१० प्रतिशत, नेशनल लाइफको ०.२८ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.०३ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६२ प्रतिशत, सुर्यज्योति लाइफको ०.५० प्रतिशत र सन नेपाल लाइफको २.०९ प्रतिशतले सेयरमूल्य बढेको छ । 

यसका साथै निर्जीवन बीमातर्फ हिमालयन एभरेष्टको ०.१९ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.२९ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६५ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.६६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.०१ प्रतिशत, आरबीसीएलको ०.३८ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.६५ प्रतिशत, सानिमा जिआइसीको १.६८ प्रतिशत र युनाइटेड अजोडको १.०८ प्रतिशतले सेयरभाउ बढेको छ । 

पुनर्बीमा कम्पनीतर्फ भने नेपाल रि इन्स्योरेन्सको सेरभाउ १.४२ प्रतिशतले बढेर ६४३ रुपैयाँ पुगेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ आज ०.३१ प्रतिशतले घटेर ५३८ रुपैयाँ कायम भएकोछ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ०.२६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०३ प्रतिशत र एलआइसी नेपालको ०.२२ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X