शनिबार, फाल्गुन १०,२०८१ 09:57:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:57:10
IME remit
Global IME Bank Limited

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

Hyundai Nepal
दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ ।  

बजार घटेपनि आज कारोबार रकम भने बढेको छ । नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

नेप्सेमा रहेका सबै समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३२ प्रतिशत र निर्जीवन बीमा समूह ०.७० प्रतिशतले घटेको छ ।  

बीमा समूह घटेपनि आज दुई बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक राष्ट्रिय बीमा कम्पनीको १.७४ प्रतिशतले बढेर सेयरभाउ १३ हजार ९४९ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

त्यस्तै, नेको इन्स्योरेन्सको ०.११ प्रतिशतले बढेर सेयरभाउ ७८८ रुपैयाँ पुगेको छ ।  

आज सर्वाधिक सेयरभाउ घट्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.९२ प्रतिशतले घटेर ७३२ रुपैयाँ कायम भएको छ ।  

यसका साथै युनाइटेड अजोडको २.७७ प्रतिशत, सानिमा जिआइसीको २.७६ प्रतिशत, नेशनल लाइफको २.४८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको २.४२ प्रतिशत, आइएमई लाइफको २.१९ प्रतिशत, नेपाल रि को २.१४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.८७ प्रतिशत, सुर्यज्योति लाइफको १.७२ प्रतिशत, एशियन लाइफको १.६५ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.६४ प्रतिशत र सिटिजन लाइफको १.६१ प्रतिशतले सेयरभाउ घटेको छ ।  

त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४८ प्रतिशत, सलिकोको १.०८ प्रतिशत, हिमालयन लाइफको १.०५ प्रतिशत, हिमालयन एभरेष्टको ०.९८ प्रतिशत, एलआइसी नेपालको ०.९६ प्रतिशत, शिखरको ०.७२ प्रतिशत, नेपाल लाइफको ०.६७ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५२ प्रतिशत, सन नेपाल लाइफको ०.५१ प्रतिशत र प्रभु महालक्ष्मीको ०.४० प्रतिशतले सेयरभाउ घटेको छ ।

  बीमा कम्पनीहरुमा आज हिमालयन रि र एशियन लाइफको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक हिमालयन रि को ८ करोड ३ लाख रुपैयाँ र एशियन लाइफको ४ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.