सोमबार, कार्तिक २,२०८३ 04:35:54
  • सोमबार, कार्तिक २,२०८३ 04:35:54
Global IME Bank Limited

नेप्सेको कारोबार र सूचक दुवैमा सुधार, जानकार भन्छन्, ‘लगानीको उपयुक्त वातावरण बन्दै’

Bizshala
नेप्सेको कारोबार र सूचक दुवैमा सुधार, जानकार भन्छन्, ‘लगानीको उपयुक्त वातावरण बन्दै’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.३५ अंकले बढेर २ हजार ७०३.३९ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले बढेर ४५०.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको १ करोड ५५ लाख २ हजार ९९८ कित्ता सेयर ७ अर्ब ८४ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज कारोबार समेत बढेको छ । अघिल्लो दिन बजारमा ५ अर्ब ४४ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘बजारमा चैत मसान्तको दबाब कम हुँदै गएको छ । लगानीकर्ता नयाँ आउने गभर्नरको प्रतिक्षामा देखिन्छन् । यससँगै अब कम्पनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरण समेत सार्वजनिक हुँदैछ ।’

पाठकले नयाँ आउने गभर्नरले बजारमा पैसाको आपूर्ति बढाईदिए भने बजारले राम्रै गति लिने बताए । उनले अब लगानीकर्ताको तनाबको अवस्था पनि समाप्त हुने दाबी गरे ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले अहिले बजारमा लगानीको सिजन भएको बताए । उनले ६–८ महिनाको अवधिका लागि कर्जा लिएरै भएपनि सेयरमा लगानी गर्नु उपयुक्त भएको दाबी गरे । ‘लगानी चक्रको हिसाबले पनि बजारमा लगानीको वातावरण बन्दै गएको छ,’उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज अन्य समूह सर्वाधिक अर्थात १.२९ प्रतिशतले बढ्यो । बैंकिङ समूह आज १.१० र निर्जीवन बीमा समूह ०.६४ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात १.९६ प्रतिशतले घट्यो । विकास बैंक समूह ०.२२, फाइनान्स १.५७, होटल ०.१९,लगानी ०.०५,जीवन बीमा ०.७७,उत्पादन तथा प्रशोधन ०.८७,लघुवित्त ०.३७ र म्युचुअल फण्ड ०.११ प्रतिशतले घट्यो । हाईड्रो समूह यो दिन ०.२६ अंकले खस्कियो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ७२ करोड ३२ लाख बढीको कारोबार भयो । नेपाल रि इन्स्योरेन्सको पनि आज ५५ करोड ९९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ९७ लाख,हिमालयन पावर पार्टनरको ३४ करोड २ लाख र राधि विद्युतको ३२ करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ग्रीन भेन्चर्सको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो । सुपर मादी हाईड्रोपावरको ६.०९,राधि विद्युतको ५.२१ र एनएलजी इ्रन्स्योरेन्सको ४.२८ प्रतिशतले बढ्यो ।  

उपकार लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ७.८५ प्रतिशतले घट्यो । यस्तै विन नेपाल लघुवित्तको ६.१३ र गार्डियन माइक्रो लाइफको सेयरमूल्य ६.१२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.