सोमबार, कार्तिक २,२०८३ 04:28:03
  • सोमबार, कार्तिक २,२०८३ 04:28:03
Global IME Bank Limited

नेप्सेको वृद्धि आज पनि जारी, जानकार भन्छन्,‘माहौल सकारात्मक बन्दै’

Bizshala
नेप्सेको वृद्धि आज पनि जारी, जानकार भन्छन्,‘माहौल सकारात्मक बन्दै’
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च परिसूचक (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.४६ प्रतिशत अर्थात ३९.७० अंकले बढेर २ हजार ७५६.३६ विन्दुको उचाईमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६९ प्रतिशतले बढेर ४८०.९० विन्दुमा पुगेको छ ।  

यो दिन नेप्सेमा सूचीकृतमध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयरको ९ अर्ब ३१ करोड २९ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्साल  भन्छन्,  ‘आजको बजारमा कारोबार र भोल्युम दुवै बढेको छ । चाडै आउँदै गरेको मौद्रिक नीतिको समीक्षामा बजारका लागि सकारात्मक विषय आउने आँकलन गर्न सकिने भएकाले बजार अर्को सातादेखि थप बढ्नसक्छ ।’

यस्तै, उनले सिजनल रुपमा पनि डिसेम्बर महिना बजार बढ्ने नै समय भएको बताए । ब्याजदर घट्ने र साढे ८ प्रतिशतमै सेयर कर्जा पाउने वातावरण बन्नुजस्ता विषयले अर्थतन्त्रका सबै सूचक सकारात्मक नै देखिएको उनले बताए ।  

आजको कारोबार र सूचकले बजारमा दीगोपन आउनसक्ने संकेत समेत देखिएको उनको दाबी छ ।  

अर्का बजार जानकार यज्ञ घिमिरेले पनि अहिले सबैतिरबाट सकारात्मक माहौल बनेको बताए । ‘घट्दो ब्याजदर, सेबोन अध्यक्षको नियुक्ति र अन्यत्र लगानीको वातावरण नहुनुजस्ता विषयले बजारमा सुधार आएको छ।’ घिमिरेले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा हरियाली छायो । आज व्यापार समूह सर्वाधिक अर्थात ९.२७ प्रतिशतले बढ्यो ।  

यस्तै बैंकिङ समूह ०.३२ प्रतिशत,विकास बैंक ३.१८, होटल १.३६, हाईड्रो १.४६, लगानी ०.७१, जीवन बीमा २.८१, उत्पादन तथा प्रशोधन ०.६३,लघुवित्त ०.९०,म्युचुअल फण्ड ०.०९, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशतले बढ्यो । 

आज घट्ने एउटा मात्रै समूहको रुपमा फाइनान्स समूह रह्यो । यो समूह आज ०.४७ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३४ करोड १ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज ३३ करोड १६ लाख, पिपुल्स हाईड्रोको २४ करोड ७२ लाख, नेपाल फाइनान्सको २४ करोड १७ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको २२ करोड ८४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १० वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज विशाल बजार,कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक,सर्पोट लघुवित्त,सप्तकोशी डेभलपमेन्ट बैंक,मानुषी लघुवित्त,ग्रिन डेभलपमेन्ट बैंक,सुपर मादी हाईड्रो र एलआईसी नेपालको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

आज मिथिला लघुवित्त शीर्ष गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । जानकी फाइनान्सको सेयरमूल्य पनि आज ९.५८ प्रतिशत, नेपाल फाइनान्सको ६.७७ र थ्रिस्टार हाईड्रोको सेयरमूल्य ६.५२ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.