सोमबार, कार्तिक २,२०८३ 04:28:46
  • सोमबार, कार्तिक २,२०८३ 04:28:46
Global IME Bank Limited

दुईदिन पछि घट्यो सेयरबजार, जानकार भन्छन्, ‘बढ्ने वातावरण बन्दैछ’

Bizshala
दुईदिन पछि घट्यो सेयरबजार, जानकार भन्छन्, ‘बढ्ने वातावरण बन्दैछ’
New Office

काठमाण्डौ । लागातार दुईदिन बढेको सेयरबजारमा आज गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.५० प्रतिशत अर्थात १३.३५ अंकले घटेर २ हजार ६३५.९४ विन्दुमा सीमित भएको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४८ प्रतिशतले घटेर ४५५.०१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर ५ अर्ब १७ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा कम हो । अघिल्लो दिन भने ७ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘आजको बजार घट्नुको मुख्य कारण भनेको ट्रेडरहरुको नाफा बुक मान्न सकिन्छ । पछिल्लो समय बजारमा ट्रेडर हाबी भएका कारण ५÷१० प्रतिशतको ग्रोथ हुने बित्तिकै सेयर बिक्री गर्ने प्रवृत्ति छ । आजको घटाई पनि दुई दिन लगातार बढेको बजारबाट नाफा बुक गरेको बुझ्न सकिन्छ । साथै भोल्युम पनि घटेको अवस्थाले लगानीकर्ताहरुमा फेरी मनोबल खस्किएको हो कि भन्ने जनाउँछ । तर बजार विस्तारै बढ्ने सम्भावना भने छ । अहिले दीर्घकालिन लगानीकर्ताहरु बजार छिरिसकेका छन् तर फन्डामेन्टल रुपमा बलिया कम्पनीहरुमा लगानी गर्न पर्ख र हेरको अवस्थामा छन् । दीर्घकालिन लगानीकर्ताहरुको इन्ट्रि भएपछि एग्रेसिभ रुपमा लागिपरेका भने छैनन् । अहिले केही हदसम्म पुस मसान्तको पनि दबाबले बजार बढ्न नसकेको हो । बजारको लागि नेपाल राष्ट्र बैंक पनि सकारात्मक छ । यसकारण पुष मसान्तपछि विस्तारै माथि जान्छ । अहिले बजार बढ्ने जस्तो नदेखिएपनि बढ्का लागि वातावरण भने बनिसकेको अवस्था छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये दुईवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज फाइनान्स र व्यापार समूह मात्रै बढे । फाइनान्स समूह ०.२१ प्रतिशत र व्यापार समूह ०.२४ अंकले बढ्यो ।

होटल समूह आज सर्वाधिक घट्यो । यो समूहमा आज १.४२ प्रतिशतको गिारवट आयो । बैंकिङ समूह पनि आज ०.२४ प्रतिशत, विकास बैंक ०.८४, हाईड्रो ०.७९, लगानी ०.५४, जीवन बीमा ०.०७, एतmपादन तथा प्रशोधन १.१६, लघुवित्त ०.४०, म्युचुअल फण्ड ०.२९, निर्जीवन बीमा ०.६० र अन्य समूह ०.५३ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाई प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २६ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, श्रीनगर एग्रीटेकको २३ करोड ५५ लाख, मन्जुश्री फाइनान्सको २० करोड ४७ लाख, शिवम् सिमेन्टको १६ करोड १० लाख र सागर डिस्टिलरीको १५ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागने। आज नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.०८ प्रतिशतले बढ्यो ।

यस्तै फर्स्ट माइक्रोफाइनान्सको ३.३५, शुभम् पावरको २.६७ र सयपत्री हाईड्रोको सेयरमूल्य २.६३ प्रतिशतले बढ्यो ।

यो दिन एसवाई प्यानलको सेयरमूल्य सर्वाधिक अर्थात ८.४५ प्रतिशतले घट्यो। जीवन विकास लघुवित्तको सेयरमूल्य पनि आज ६.५९ र विन नेपाल लघुवित्तको सेयरमूल्य ५.५३ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.