शुक्रबार, असार १२,२०८३ 05:21:31
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 05:21:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारमा सामान्य सुधार, कारोबार रकम भने घटेर ५.१३ अर्बमा खुम्चियो

Laxmi Sunrise Bank Limited
सेयरबजारमा सामान्य सुधार, कारोबार रकम भने घटेर ५.१३ अर्बमा खुम्चियो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा सामान्य वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अंकले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५१.०५ विन्दुमा पुगेको छ।

आज नेप्सेमा सूचीकृत ३२९ वटा कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १३ करोड ८६ लाख रुपैयाँभन्दा बढी पुगेको छ। अघिल्लो कारोबार दिन भने ६ अर्ब ६९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

New Office
CG Motors
Garima Development Bank

सबै समूहमा गिरावट

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छायो भने बाँकी ७ वटामा रातो पोतियो । विकास बैंक समूह सर्वाधिक ०.९० प्रतिशतले बढ्दा बैंकिङ समूह ०.२८ प्रतिशत, फाइनान्स ०.५६ प्रतिशत, लगानी ०.३७, जीवन बीमा ०.०७ र अन्य समूह ०.०८ प्रतिशतले बढ्यो ।

आज म्युचुअल फण्ड समूहमा सर्वाधिक अर्थात ०.४१ प्रतिशतको गिरावट आयो । होटल समूह पनि आज ०.३५ प्रतिशत, हाईड्रो ०.२३, उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.०७, निर्जीवन बीमा ०.२२ र व्यापार ०.०३ प्रतिशतले घटे ।

सर्वाधिक कारोबार हुने कम्पनी

आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३६ करोड २ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

त्यसैगरी रिडी पावरको ३२ करोड १९ लाख, एसवाई प्यानलको २८ करोड ७८ लाख, सिईडिबी होल्डिङको १८ करोड ९५ लाख र ङादी ग्रुप पावरको १६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरूमध्ये सालपा विकास बैंकको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ।

यसैगरी रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.२८ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.१० प्रतिशत र नेपाल एसबीआई बैंकको सेयरमूल्य ६ प्रतिशतले बढ्यो ।

यता मोलुङ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ४.४२ प्रतिशतले घटेको छ। साथै कालिका लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशत, माईखोला हाईड्रोको ३.५१ प्रतिशत र शुभम् पावरको सेयरमूल्य ३.१७ प्रतिशतले घटेका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.