बिहीबार, बैशाख ३१,२०८३ 07:15:12
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:15:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.६२ अंकले घटेर २६६२.०८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५७ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.३० प्रतिशतले बढेको छ । आज ११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ४४२.४० रुपैयाँ पुगेको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै क्रेष्ट माइक्रो लाइफको सेयरभाउ पनि ९.९८ प्रतिशतले बढेर ३६५.९० रुपैयाँ पुगेको छ । यसका साथै आरबीसीएलको २.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९१ प्रतिशत, नेशनल लाइफको ०.८७ प्रतिशत, सन नेपाल लाइफको ०.६२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२५ प्रतिशत र सुर्यज्योति लाइफको ०.०९ प्रतिशतले सेयरभाउ बढेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.७१ प्रतिशतले घटेर २४७६.७५ रुपैयाँ कायम भएको छ । त्यस्तै, एनएलजीको २.५८ प्रतिशत, हिमालयन रि को १.७८ प्रतिशत, हिमालयन एभरेष्टको १.४२ प्रतिशत, नेपाल रि को १.३९ प्रतिशत, एलआइसी नेपालको १.१९ प्रतिशत, शिखरको १.१७ प्रतिशत, हिमालयन लाइफको ०.८९ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.८६ प्रतिशत, एशियन लाइफको ०.७९ प्रतिशत, सानिमा जिआइसीको ०.६३ प्रतिशत, नेपाल लाइफको ०.६२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६० प्रतिशत, आइएमई लाइफको ०.५४ प्रतिशत, सिटिजन लाइफको ०.४३ प्रतिशत, सुर्यज्योति लाइफको ०.१६ प्रतिशत, युनाइटेड अजोडको ०.१४ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.०८ प्रतिशतले सेयरभाउ घटेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.