सोमबार, श्रावण १८,२०८३ 11:53:49
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:53:49
Bizshala
Global IME Bank Limited

नेप्सेमा ७५ अंकको उछाल, कारोबार ६ महिनामै उच्च

नेप्सेमा ७५ अंकको उछाल, कारोबार ६ महिनामै उच्च
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक २.६७ प्रतिशत अर्थात ७५.२४ अंकले बढेर २ हजार ८९०.२८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०८ प्रतिशतले बढेर ४८४.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०२ वटा स्क्रिप्टको २ करोड ९१ लाख ६६ हजार ६५६ कित्ता सेयर १४ अर्ब २५ करोड ४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको कारोबार गत ६ महिनापछिकै उच्च हो । यसअघि गत भदौ १८ गते १३ अर्ब ५७ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘पछिल्लो समय कारोबारी र लगानीकर्ता सबै बजारमा हाबी भएको देखिन्छ । यही कारण हाई क्याप र मिड क्याप कम्पनी चलेका छन् । यस्तै देशको आर्थिक सूचक राम्रो हुनु, सरकारले सेयरबजारप्रति सकारात्मक धारणा राख्नु र बैंकहरुका लागि मौद्रिक नीतिको समीक्षामा केही लचक नीति आउनु जस्ता कारणले बजारमा सुधार आएको छ ।’

यस्तै उनले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नरको आगमन हुने विषय र भारतीय सेयर बजारबाट नाफा बुक गरेका लगानीकर्ता नेपाली बजारमा प्रवेश गरेको हुनसक्ने भएकाले बजारमा सुधार आएको बताए ।  

अर्का बजार जानकार गोविन्द प्रसाद घिमिरेले पनि बजार बढ्नुमा दुई–तीनवटा मुख्य कारण रहेको बताए । जसमा पहिलो भनेको न्यून ब्याजदर हुनु, नयाँ गभर्नर आउने विषय र मौद्रिक नितीको समीक्षाप्रति राष्ट्र बैंक केही लचक देखिनुले बजारमा पछिल्लो समय निरन्तर सुधार आईरहेको उनले बताए ।  

उनको विचारमा अल्पकालका लागि भन्दापनि ४–६ महिना अवधिका लागि बजारमा लगानी गर्नु उपयुक्त रहेको छ ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ४.७९ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज २.२३ प्रतिशत, विकास बैंक ३.८८, फाइनान्स ४.२८, होटल ४.१४, हाईड्रो १.९८,लगानी ३.०३, जीवन बीमा ४.३१,लघुवित्त १.३५,निर्जीवन बीमा ३.४१, अन्य १.५१ र व्यापार समूह १.०६ प्रतिशतले बढ्यो ।  

आज घट्ने म्युचुअल फण्ड समूह मात्रै घट्यो । यो समूह आज १.२७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९७ करोड ३६ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ८५ करोड ५४ लाख,सिन्धु विकास बैंकको ४० करोड ४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३३ करोड ३४ लाख र साहस उर्जाको २६ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज हिमालयन डिस्टलरी,गाडियन माइक्रो लाइफ,नेपाल लाइफ इन्स्योरेन्स,सिन्धु विकास बैंक,दोर्दी खोला जलविद्युत र न्यादी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

पोखरा फाइनान्सको सेयरमूल्य पनि आज ९.२१ प्रतिशत,बोटलर्स नेपाल(बालाजु)को ८.८०,सप्तकोशी डेभलपमेन्ट बैंकको ८.०९ र शिवम् सिमेन्टको सेयरमूल्य ७.९६ प्रतिशतले बढ्यो ।  

यो दिन समाज लघुवित्तको सेयरमूल्य सर्वाधिक घट्यो । यो कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घट्यो । अपर हेवाखोला हाईड्रोको सेयरमूल्य पनि आज ५.४७ प्रतिशत र भूगोल इनर्जीको सेयरमूल्य ३.४२ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.