शनिबार, फाल्गुन १०,२०८१ 09:40:48
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:40:49
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ‘पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता सक्रिय’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको बढोत्तरी, ‘पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता सक्रिय’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक १.७६ प्रतिशत अर्थात ४६.६९ अंकले बढेर २ हजार ६९२.०५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७६ प्रतिशतले बढेर ४८१.२८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता सेयर ६ अर्ब १२ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

आजको बजारबारे नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलेलले चाडपर्वको लागि खर्च जुटाउनेहरु सकिदै गर्दा बजारले हिजो आज सुधार आएको बताँउछिन् । पोखरेललको विचारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा बसेका लगानीकर्ता सक्रिय हुँदा बजारले गति लिएको हो । ‘केही राजनीतिक अन्यौल्ताले घटेको बजार अब भने सम्हालिदै गएको छ, उनले भने ।  

त्यसैगरि, अर्का बजार जानकार सुमन कुमार रिजालले पनि आजबाट लगभग करेक्सन सकिएको बताए । ‘अहिले मुद्यती निक्षेपमा पैसा राख्नु भन्दा सेयर बजारमा नै लगाउनु फाइदा रहेको छ । आज सूचकसँगै कारोबार पनि २० दिनको औषत भोल्युमभन्दा माथि आएको छ । यसले बजारले अब गति लिन सक्ने रिजालको आँकलन गर्न सकिन्छ ।’ अब टेक्निकल हेरेर कारोबार गर्नेहरु पनि सक्रिय हुने भएको कारण बजारले गति लिने उनको तर्क रहेको छ ।

 यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएको छ । आज होटल समूह सर्वाधिक अर्थात २.७७ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.६०, विकास बैंक २.३२,वित्त ०.३८,हाईड्रो २.०३,लगानी १.३६,जीवन बीमा १.८०,उत्पादन तथा प्रशोधन ०.९७,लघुवित्त १.५०,म्युचुअल फण्ड १.३३,निर्जीवन बीमा ३.६०,अन्य १.५७ र व्यापार समूह ०.३५ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन समृद्धि फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । पिपुल्स हाईड्रोको १६ करोड ८० लाख,सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख,जानकी फाइनान्सको १३ करोड ८५ लाख र साहस उर्जाको १२ करोड १८ लाख बढीको सेयर कारोबार भएको छ ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआईसी इन्स्योरेन्स,कुथेली बुखरी स्मल हाईड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यो दिन सेन्ट्रल फाइनान्सको सेयरमूल्य सर्वाधिक घटेको छ । यो कम्पनीको सेयरमूल्य आज १.८८ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.