काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३१ कम्पनीको ३ करोड ९ लाख १५ हजार १८३ कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.०३ प्रतिशत र निर्जीवन बीमा समूह १.९७ प्रतिशतले बढेको छ ।
दुबै समूह बढ्दा सबै कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स रहेको छ । यी दुबै कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेर नेपाल इन्स्योरेन्सको सेयरभाउ १४४७.६० रुपैयाँ र क्रेष्ट माइक्रो लाइफको सेयरभाउ १४९५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, एशियन लाइफको ०.७२ प्रतिशत, सिटिजन लाइफको १.२६ प्रतिशत, गार्डियन माइक्रो लाइफको ८.७९ प्रतिशत, हिमालयन लाइफको २.१९ प्रतिशत, आइएमई लाइफको १.६४ प्रतिशत, एलआइसी नेपालको १.५० प्रतिशत, नेपाल लाइफको १.५२ प्रतिशत, नेशनल लाइफको १.३४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ३.५० प्रतिशत, रिलायबल नेपाल लाइफको १.६८ प्रतिशत, सूर्यज्योति लाइफको ०.५७ प्रतिशत, सन नेपाल लाइफको १.९३ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.८१ प्रतिशतले बढेको छ ।
यसका साथै हिमालयन एभरेष्टले २.१२ प्रतिशत, आइजीआई प्रुडेन्सियलले ४.१५ प्रतिशत, नेपाल इन्स्योरेन्सले ३.५१ प्रतिशत, नेको इन्स्योरेनसले १.४१ प्रतिशत, एनएलजीले १.५९ प्रतिशत, प्रभुले ०.६८ प्रतिशत, आरबीसीएलले ०.२१ प्रतिशत, सलिकोको ०.५४ प्रतिशत, सानिमा जिआइसीको २.४५ प्रतिशत, शिखरको १.७९ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.११ प्रतिशत, युनाइटेड अजोडको ५.०४ प्रतिशत, हिमालयन रि को १.६८ प्रतिशत र नेपाल रि को १.१४ प्रतिशतले सेयरभाउ बढेको छ ।

