बुधबार, असार १०,२०८३ 04:10:53
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:10:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

Laxmi Sunrise Bank Limited
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘शक्ति सञ्चय गर्दै बजार’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४८ प्रतिशत अर्थात १३.०३ अंकले घटेर २ हजार ६६७.४० विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३७ प्रतिशतले बढेर ४७१.२० विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७ अर्ब ७२ करोड ८८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

New Office
CG Motors
Garima Development Bank

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘लगानीकर्तामा आत्मबल नबढ्दा आज बजार घटेको हो । अहिले देशमा केही राजनीतिक अन्यौलताका कारण समेत बजार घट्न पुगेको देखिन्छ । नेप्सेले स्टक डिलरका लागि धितोपत्र कारोबार गर्न योग्य कम्पनीको सूची सार्वजनिक गरेकोमा लगानीकर्तामा अन्यौलता भएको कारण समेत बजारमा दबाब आएको छ । यद्यपी अहिले पनि बजार बुलिस ट्रेण्डमै रहेको छ ।’  

पौडेलले बजार २६ सयदेखि २७८० सम्म साइडवेज चलेको देखिएको बताए । उनका अनुसार यो भनेको बजारले शक्ति सञ्चय गरेको हो । ‘यस कारण लगानीकर्ताले डर र लोभलाई नियन्त्रण गर्नुपर्ने हुन्छ,’उनले भने ।  

अर्का बजार जानकार विरेन्द्र विष्ट भन्छन्, लगानीकर्ताले मौद्रिक नीतिको समीक्षा कुर्दा बजार खासै उत्साह देखिएको छैन । अब गभर्नरको कार्यकाल समेत सकिदै गर्दा मौद्रिक नीतिको समीक्षा सकारात्मक नै आउने अपेक्षा गर्न सकिन्छ । ’

विशेष गरी अहिले सरकार परिवर्तन हुने डरले बजारमा सोचे अनुरुप उत्साह नदेखिएको उनले बताए ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज लगानी समूह ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढ््यो ।  

आज विकास बैंक समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज १.६३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.५४, वित्त ०.३७, होटल ०.४९,हाईड्रो ०.४१, जीवन बीमा ०.५५,लघुवित्त ०.९४, म्युचुाल फण्ड ०.१२,निर्जीवन बीमा,०.१७,अन्य ०.७१ र व्यापार समूह ०.०७ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन जानकी फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६० करोड ८७ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज ४० करोड ३३ लाख,ङादी ग्रुप पावरको ३६ करोड ३३ लाख,वेष्ट फाइनान्सको २३ करोड ९८ लाख,रसुवागढी हाईड्रोको १८ करोड ५४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज थ्रि–स्टार हाईड्रो र ङादी ग्रुप पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै जानकी फाइनान्सको ८.०७ प्रतिशत,एनआरएन इन्फ्रास्ट्रक्चर ६.६१ र सामुदायिक लघुवित्तको सेयर ६.६० प्रतिशतले बढ्यो ।

महुली लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.३० प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ५.६० प्रतिशत र नेपाल फाइनान्सको सेयरमूल्य ५.३४ प्रतिशतले घट्यो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.