शनिबार, फाल्गुन १०,२०८१ 10:11:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 10:11:10
IME remit
Global IME Bank Limited

आज पनि नेप्सेमा उच्च कारोबारसहित उछाल, जानकार भन्छन्, ‘३२ सय विन्दुसम्मको बढाई स्वभाविक’

Hyundai Nepal
आज पनि नेप्सेमा उच्च कारोबारसहित उछाल, जानकार भन्छन्, ‘३२ सय विन्दुसम्मको बढाई स्वभाविक’
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.४७ प्रतिशत अर्थात ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० प्रतिशतले बढेर ५१२.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आज भएको कारोबार हालसम्मकै उच्च हो । यसअघि अघिल्लो कारोबार दिनमा २५ अर्ब ६० करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको थियो ।  

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु) भन्छन्,  ‘ हिजो आजको बजारको अवस्थालाई हेर्दा कारोबारले अलटाइम हाई बनाएकोमा परिसूचकले पनि छिट्टै अल टाइम हाई बनाउने देखिन्छ । अहिले नाफा बुक गरेकाहरु पनि सेक्टर परिवर्तन गर्दै बजार प्रवेश गरिरहेका छन् ।’

अन्य लगानीका क्षेत्रहरु संकुचित नै रहेकाले व्यापारीदेखि गृहणीसम्म सेयर बजारमा प्रवेश गरेको र बजार बढेतापनि अझै जोखिम नभएको उनले बताए ।  

अर्का बजार जानकार महेश रिजालले पनि संस्थागत लगानीकर्ताहरु बजार छिर्दा कारोबार र भोल्युम दुवै बढेको बताए । ‘यो बढाईलाई प्राकृतिक मान्न सकिन्छ । लगानीकर्ताको मनोबल नियाल्दा बजारको यात्रा ३२ सय विन्दुसम्म स्वभाविक रहेको देखिन्छ ।’      

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.८५ प्रतिशतले बढेर १४ हजार ७५९.१५ विन्दुमा पुग्यो ।  

यस्तै आज बैंकिङ समूह २.९५ प्रतिशत,विकास बैंक ३ प्रतिशत,वित्त ४.८१,होटल २.९४,हाईड्रो ३.४३,लघुवित्त १.०८,म्युचुअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७,अन्य १ र व्यापार समूह ४.१३ प्रतिशतले बढ्यो । यस्तै आज लगानी समूह ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब २२ करोड,शिवम् सिमेन्टको ९२ करोड २८ लाख,नेपाल फाइनान्सको ८४ करोड ३२ लाख,निफ्राको ७२ करोड ८७ लाख र हिमालयन लाइफको ५७ करोड २५ लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज सूर्यज्योति लाइफ,हिमालयन लाइफ,जोशी हाईड्रोपावर,रसुवागढी हाईड्रो, स्वेत गंगा हाईड्रो,शुभम पावर,भिजन लुम्बिनी उर्जा,सगरमाथा जलविद्युत,हिमाल दोलखा हाईड्रो, नेशनल हाईड्रो, अरुण काबेली हाईड्रो,आँखुलोला जलविद्युत,शिखर इन्स्योरेन्स र विन्द्यवासिनी हाईड्रोपावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज कुथेली बुखरी स्मल हाईड्रोको सेयरमूल्यमा लोअर सर्किट लाग्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.