बिहीबार, बैशाख ३१,२०८३ 07:13:57
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:13:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Laxmi Sunrise Bank Limited
सेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.५२ अंकले घटेर २ हजार ६३१.१७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४५०.९६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ५ अर्ब २३ करोड ५६ रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ४ अर्ब ४८ करोड बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
CG Motors

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘गत साता केही वित्तीय संस्थाहरुको सेयरमूल्य राम्रो अंकले बढेको थियो । विशेषगरी नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षा अपेक्षा गरेअनुसार नआउँदा लगानीकर्ताको मनोबल खुम्चिएको हो । समग्रमा मौद्रिक नीति समीक्षा पोजेटिभ नै आएपनि लगानीकर्ताको अपेक्षा सम्बोधन हुन नसक्दा बजार माथि जान नसकेको हो ।’

उनले थपे, ‘साथै अहिले बजारमा एउटा बैंकमा देखिएको विकृतिले पनि बजारलाई थप प्रभाव पारेको छ । सामान्य रुपमा बजारमा करेक्सन देखिनु र साइड वेजमा जानु स्वभाविक मानिएपनि जेनजी आन्दोलनका कारण विशेषगरी व्यवसायिक घरानाहरुमा पारेको प्रभावले गर्दा बजारमा समेत यसको असर देखिएको हो । अझै हाइड्रो सेक्टरमा पनि यसको प्रभाव देखिँदा मार्केट सस्टेन हुन सकेको छैन । यदि चुनाव भएर स्टेबल गभर्नमेन्ट आएमा बजार माथि जान सक्छ होइन भने केही समयसम्म मार्केट साइडवेजमा चल्ने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात १.५९ प्रतिशतले बढ्यो । होटल समूह पनि आज ०.५२, उत्पादन तथा प्रशोधन ०.२४ र म्युचुअल फण्ड ०.४४ प्रतिशतले बढ्यो ।  

आज जीवन बीमा समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.७५ प्रतिशत, विकास बैंक ०.५७, हाईड्रो ०.५०, लगानी ०.५१, लघुवित्त ०.४८, निर्जीवन बीमा ०.७४, अन्य ०.५१ र व्यापार समूह ०.३२ प्रतिशतले घट्यो।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बन्दिपुर केवलकारको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १८ करोड ४९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै हिमालयन रि इन्स्योरेन्सको १७ करोड ८१ लाख, ङादी ग्रुप पावरको १४ करोड ५३ लाख, ट्रेड टावरको १० करोड ४७ लाख र सिक्लेस हाईड्रोको ९ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी मिथिला लघुवित्त, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोटेकको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमूल्य ७.०२ प्रतिशत, बुङ्गल हाईड्रोको ६.४४ र हिमस्टार उर्जाको सेयरमूल्य ६.२५ प्रतिशतले बढ्यो ।  

यो दिन सामलिङ्ग पावरको सेयरमूल्य सर्वाधिक अर्थात २.८५ प्रतिशतले घट्यो । ग्रिन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज २.७९, प्रभु महालक्ष्मी लाइफको २.७३ र राप्ती हाईड्रोको सेयरमूल्य २.६७ प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.