सोमबार, फाल्गुन १८,२०८२ 11:44:29
Bizshala
  • सोमबार, फाल्गुन १८,२०८२ 11:44:29
Bizshala
Global IME Bank Limited

सेयरबजार २७.१९ अंकले बढ्यो, जानकार भन्छन्, ‘परिपक्व लगानीकर्ताको इन्ट्री हुँदै’

सेयरबजार २७.१९ अंकले बढ्यो, जानकार भन्छन्, ‘परिपक्व लगानीकर्ताको इन्ट्री हुँदै’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक १.०१ प्रतिशत अर्थात २७.१९ अंकले बढेर २ हजार ७०८.७० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९८ प्रतिशतले बढेर ४६०.४८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ७ अर्ब ४९ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘केही दिन लगातार घटेको बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । लगातार बजार घटेकाले पनि आज लगानीकर्ताहरुले सेयर खरिद गर्दा बजार बढेको हो । विस्तारै पाका लगानीकर्ताहरु बजार प्रवेश गरेका छन् । चुनावी माहोल राम्रो बन्दै गएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् । बजारलाई मनोवैज्ञानिक पक्षले प्रभाव पार्ने भएकाले जबसम्म लगानीकर्ताहरुको मनोबल बढ्दैन र लगानीकर्ताहरुमा रहेको अन्योलता हट्दैन तबसम्म बजारले लय लिन सक्दैन ।’

उनले थपे, ‘केही समय अघि बजारमा यस्तै अवस्था थियो तर अब त्यस्ता अन्योलता सबै हटिसकेको छ । दुईचार दिन बजार लगातार घट्नुमा ट्रेडरहरुको पनि मूख्य भूमिका छ । चुनावी माहोल पोजेटिभ बन्दै जानु र दलहरुले आ–आफ्नो एजेण्डामा आर्थिक क्षेत्रलाई प्राथमिकतामा राख्दै पूँजीबजारलाई समेत समेटेकाले लगानीकर्ताहरु नयाँ आउने सरकारसँग उत्साहित छन् । चुनावपछि सकारात्मक माहोल बन्दै जाने र लगानीको वातावरण राम्रो बन्दै जाने लगानीकर्ताहरुको अपेक्षा रहेको छ । बजारले अब विस्तारै–विस्तारै लय लिँदै माथि जाने सम्भावना छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबै समूहमा हरियाली छायो । आज निर्जीवन बीमा र अन्य समूह सर्वाधिक बढे । यी समूहहरु क्रमशः १.९८ प्रतिशतले बढे ।

यस्तै बैंकिङ समूह ०.५६, विकास बैंक ०.९२, फाइनान्स ०.४८, होटल ०.२२, हाईड्रो १.६६, लगानी १.२३, जीवन बीमा १.११, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.६० र म्युचुअल फण्ड ०.५७ ले बढ्यो ।  

आज व्यापार समूह मात्रै घट्यो । यो समूह आज ०.४८ प्रतिशतले घट्यो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज युनियन हाईड्राको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५८ करोड ७७ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, राधी विद्युतको ५७ करोड ५० लाख, एसवाई प्यानलको ५३ करोड ७४ लाख, आँखुखोला जलविद्युतको ४०  करोड ५५ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ३८ करोड ६८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज कालिञ्चोक दर्शन र सुपरमाई हाईड्रो, मोदी इनर्जी, रिडि पावर, खानीखोला हाईड्रो र घलेम्दी हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्य ७.३० प्रतिशत, त्रिशुली जलविद्युतको ७.०८ र चिरख्वा हाईड्रोको सेयरमूल्य ७.०५ प्रतिशतले बढ्यो ।

सुपर मादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९८ प्रतिशतले घट्यो । यस्तै मायाखोला हाईड्रोको सेयरमूल्य ३.७८ प्रतिशत र पिपुल्स पावरको सेयरमूल्य ३.३८ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.