बुधबार, असार १०,२०८३ 03:58:38
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:58:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आज पनि दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘नयाँ आर्थिक वर्षबाट बजारमा थप सुधार’

Laxmi Sunrise Bank Limited
आज पनि दोहोरो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘नयाँ आर्थिक वर्षबाट बजारमा थप सुधार’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १.०८ प्रतिशत अर्थात २३.२५ अंकले बढेर २ हजार १७५.४० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२६ प्रतिशतले बढेर ३८५.७५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ५२ लाख ९६ हजार ७३९ कित्ता सेयर ५ अर्ब ७४ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘ वर्तमान समय भनेको लगानीको सिजन हो । बजारमा नकारात्मक विषय त्यति नभएकाले पनि आज बजार बढ्न पुगेको छ । कारोबारको रुपमा आज बजारको बजारलाई सन्तोषजनक नै मान्न सकिन्छ । बजारमा क्लोजिङको दबाव सोचे अनुरुप नआउदा बजारमा बिक्री चाप यसपालि देखिएको छैन ।’

सत्ता समीकरणमा परिवर्तन आयो भने अर्थमन्त्रीमा विष्णु पौडेलको सम्भावना बलियो भएकाले लगानीकर्ताको मनोबल बढेको उनले बताए । यस्तै भट्टराईले आगामी साताबाट बजारले थप गति लिन सक्ने आँकलन गरे ।  

अर्का बजार जानकार दामोदर गजुरेल भन्छन्,‘आजको बजार बढ्नुको मुख्य कारण सेलिङ पे्रसर घट्नु हो । राजनीतिक सत्ता परिवर्तन भएर गभर्नर र प्रधानमन्त्री एउटै पार्टीको हुने सम्भावना देखिएकाले लचक मौद्रिक नीति आउने अपेक्षा गर्न सकिन्छ ।’

बजार दिगो हुनलाई नियामक निकायले समेत अग्रसरता देखाउनु पर्नेमा गजुरेलले जोड दिए । ‘बजारमा सकारात्मक प्रभाव देखिरहेको छ र साउनदेखि बजार सुधारिदै जाने देखिन्छ,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूह मध्ये एउटा समूह बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । आज बैंकिङ समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज १.६९ प्रतिशतले उकालो लाग्यो ।  

यस्तै आज वित्त समूह १.१५ प्रतिशत,होटल ०.९४,हाईड्रो १.०७, लगानी ०.६४,जीवन बीमा ०.७७, उत्पादन तथा प्रशोधन ०.६०,लघुवित्त १.५४, म्युचुअल फण्ड ०.४५,निर्जीवन बीमा १.२९, अन्य ०.४८ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।  

New Office
CG Motors
Garima Development Bank

आज घट्ने एउटा मात्रै समूहको रुपमा विकास बैंक समूह रह्यो। यो समूह आज ०.२९ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हाथवे कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १५ करोड ८ लाख बढीको सेयर कारोबार भयो । जानकी फाइनान्सको आज १४ करोड ८२ लाख,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ३९ लाख,सिईडिबि हाईड्रोको ९ करोड १४ लाख र ङादी ग्रुप पावरको ८ करोड ८० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको कम्पनीहरुमध्ये बलेफि हाईड्रोको सेयरमूल्यमा मात्रै सकारात्मक सर्किट लाग्यो । आज यो कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढ्यो ।  

यस्तै सिक्लेस हाईड्रोको सेयरमूल्य ८.३२ प्रतिशत र एनआईसी एशिया लघुवित्तको ७.८१ प्रतिशतले बढ्यो ।  

आज वुद्धभूमी नेपाल हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । समाज लघुवित्तको सेयरमूल्य आज ९.८८ प्रतिशत र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य ४.२८ प्रतिशतले घट्यो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.