सोमबार, कार्तिक २,२०८३ 04:31:55
  • सोमबार, कार्तिक २,२०८३ 04:31:55
Global IME Bank Limited

सेयरबजारको वृद्धि आजपनि जारी, उच्च बन्दै लगानीकर्ताको मनोबल

Bizshala
सेयरबजारको वृद्धि आजपनि जारी, उच्च बन्दै लगानीकर्ताको मनोबल
New Office

काठमाण्डौ । सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । साताको चौथो कारोबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५९.१७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ । आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘अहिले लगानीका लागि सेयरबजार नै उचित क्षेत्र देखिएको छ । सस्तो ब्याजदरमा लगानी गर्न सकिने र रिटर्न पनि बढी पाउने सम्भावना रहेको क्षेत्र भनेकै सेयरबजार रहेकाले अहिले इन्भेष्टर्सहरु छिरिरहेका छन् । अहिले लगानीकर्ताहरुको मनोबल पनि उच्च भएको देखिएको छ । सायद यहि साता मौद्रिक नीति समिक्षा पनि आउने सम्भावना छ । मौद्रिक नीति समिक्षामा केही राम्रो आयो भने अझै बजारका लागि प्लस प्वइन्ट हुन सक्छ । तर यो भन्दा बजार घट्नुपर्ने त्यस्तो कारण भने केही छैन ।’

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, अर्का बजार जानकार सुवास चन्द्र ढुंगाना भन्छन्, ‘टेक्निकल रुपमा हेर्दा बजार अहिले बढेको देखिन्छ । सर्ट टर्म ट्रेडरहरु पनि बजारमा प्रवेश गरेका छन् । अहिलेको समय बजार बढ्नुपर्ने सिजन पनि हो । बजार बढ्नका लागि फन्डामेन्टल पक्षले पनि सर्पोट गरिरहेकै छ । लगानीकर्ताहरु अहिले बजार छिरेको देखिन्छ । यसकारण दैनिक कारोबार पनि बढ्दै गएको छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो । आज होटल बीमा समूह सर्वाधिक अर्थात ०.९९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६६ प्रतिशत, विकास बैंक ०.१२, हाईड्रो ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७१ अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशतले बढ्यो ।

जीवन बीमा समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.३२ प्रतिशतले घट्यो ।

यस्तै फाइनान्स समूह ०.१६ प्रतिशत, लगानी ०.१७, म्युचुअल फण्ड ०.०४ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्टको २६ करोड ७५ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ४१ लाख, बन्दिपुर केवलकारको १९ करोड ६८ लाख र हिमालयन रि इन्स्योरे्न्सको १८ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रोटेक,स्वस्तिक लघुवित्त र रिभर फल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज महुली लघुवित्तको सेयरमूल्य ९.१८ प्रतिशत, फर्स्ट माईक्रोफाइनान्सको ८.९५ र पिपुल्स पावरको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।

यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो ।  

यस्तै उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ३.८१ प्रतिशत र शुभम् पावरको सेयरमूल्य ३.६५ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.