सोमबार, आश्विन १९,२०८३ 04:50:57
Bizshala
  • सोमबार, आश्विन १९,२०८३ 04:50:57
Bizshala
Global IME Bank Limited

सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘१५ दिने सूचनाको अन्योलले लगानीकर्ताको मनोबल झनै खस्कियो’

Bizshala
सेयरबजारमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘१५ दिने सूचनाको अन्योलले लगानीकर्ताको मनोबल झनै खस्कियो’
New Office

काठमाण्डौ । सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसुचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ९० लाख ३ हाजर ३८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज व्यापार समूहबाहेक सबै समूह राताम्य भएका छन् । व्यापार समूह ०.३३ प्रतिशतले बढ्दा सर्वाधिक घट्ने लगानी समूह रहेको छ । यो समूह १.०७ प्रतिशतले घटेको छ । 

त्यस्तै, बैंकिङ समूह ०.७१ प्रतिशत, विकास बैंक समूह ०.५४ प्रतिशत, होटल तथा पर्यटन समूह १.०५ प्रतिशत, हाइड्रो समूह १.०४ प्रतिशत, फाइनान्स समूह १.०६ प्रतिशत, जीवन बीमा समूह ०.८० प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.९८ प्रतिशत, माइक्रोफाइनान्स ०.६० प्रतिशत, म्युचुअल फण्ड ०.०५ प्रतिशत, निर्जीवन बीमा समूह ०.६४ प्रतिशत र अन्य समूह ०.९२ प्रतिशतले घटेको छ ।  

आजको बजारबारे सेयर बजार विश्लेषक नयन बास्तोलाले नेपाल धितोपत्र बोर्डले संस्थापक सेयरधनीले सेयर बिक्री गर्नुअघि १५ दिनको पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेपछि बजारमा थप अन्योल सिर्जना भएको बताएका छन् ।  

उनले उक्त व्यवस्था दोस्रो बजारका लगानीकर्ताको हकमा लागू हुने वा नहुने विषयमा बोर्डले स्पष्ट धारणा दिन नसक्दा लगानीकर्ताको मनोवैज्ञानिक पक्षमा नकारात्मक असर परेको बताए ।

‘१५ दिने सूचना सम्बन्धी व्यवस्था वास्तवमा दोस्रो बजारका लगानीकर्तालाई लागू हुन्छ कि हुँदैन भन्ने विषयमै स्पष्टता चाहिएको छ,’ बास्तोलाले भने, ‘लगानीकर्ताले अहिले यो व्यवस्थालाई नकारात्मक रूपमा लिएका छन् । त्यसले पहिले नै कमजोर रहेको मनोबललाई अझै कमजोर बनाएको छ ।’

बास्तोलाका अनुसार अहिले बजारमा देखिएको कमजोरीको अर्को कारण चाडपर्वको प्रभाव पनि हो । दशैंतिहार नजिकिँदै गर्दा लगानीकर्ताले खर्च व्यवस्थापनका लागि नगद जोहो गर्ने प्रवृत्ति बढ्ने भएकाले बजारमा खरिदभन्दा बिक्री चाप बढी देखिने गरेको छ ।

यससँगै त्रैमासिक क्लोजिङका कारण सिर्जना भएको वित्तीय दबाबले पनि बजारलाई प्रभावित गरेको उनको विश्लेषण छ । यद्यपि अहिले देखिएका यी दबाब दीर्घकालसम्म कायम नरहने बास्तोलाको बुझाइ छ ।

‘चाडपर्वको प्रभाव र क्लोजिङको प्रेसर लामो समयसम्म जाने खालको होइन,’ उनले भने, ‘चाडपर्व सकिएपछि बजारमा पुनः गतिविधि बढ्न सक्छ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक कमाउने स्टकहरुमा अधिकांश डिबेञ्चर छन् । सर्वाधिक कमाउनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको डिबेञ्चर रहेको छ । यो स्टकको मूल्य ५.७५ प्रतिशत बढेर ११३६.९० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, नेपाल एसबिआई बैंकको डिबेञ्चरको ४.९८ प्रतिशत, ग्लोल आइएमई समुन्नत योजनाको ४.९८ प्रतिशत, नबिल ब्यालेन्स्ड फण्डको ३.३३ प्रतिशत, नबिल डिबेञ्चरको ३.२८ प्रतिशत, एरभेष्ट बैंक बण्डको ३ प्रतिशत, गरिमा डिबेञ्चरको २.९६ प्रतिशत, प्राइम कमर्सियल बैंक डिबेञ्चरको २.६९ प्रतिशत, एनएमबि इनर्जी बण्डको २.६६ प्रतिशत, एभरेष्ट बैंक डिबेञ्चरको २.४८ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउने शीर्ष १० कम्पनी  

आज सर्वाधिक गुमाउने कम्पनीमा त्रिशुली जलविद्युत कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ५.८४ प्रतिशतले घटेर २७४ रुपैयाँ कायम भएको छ।  

त्यस्तै, सिन्धु विकास बैंकको ५.८० प्रतिशत, सिटिजन्स बैंक डिबेञ्चरको ५.७९ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको ५.७६ प्रतिशत, अप्पर लोहरे खोला हाइड्रोको ५.७४ प्रतिशत, स्वस्तिक लघुवित्तको ४.५६ प्रतिशत, कालिञ्चोक हाइड्रोपावरको ४.१५ प्रतिशत, मैलुङ खोला हाइड्रोको ४.१५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ४.०७ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको ३.७२ प्रतिशतले घटेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.