शनिबार, फाल्गुन १०,२०८१ 09:51:12
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:51:12
IME remit
Global IME Bank Limited

नेप्सेमा ७.३३ अंकको गिरावट, ‘अल्पकालिन लगानीकर्ता हाबी हुँदा राम्रा कम्पनीमा कम आकर्षण’

Hyundai Nepal
नेप्सेमा ७.३३ अंकको गिरावट, ‘अल्पकालिन लगानीकर्ता हाबी हुँदा राम्रा कम्पनीमा कम आकर्षण’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ७.३३ अंकले घटेर २ हजार ५८८.६२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५४ प्रतिशतले घटेर ४३६.६२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये २९६ वटा स्क्रिप्टको १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
CG Motors
Sagarmatha Cement

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्,  ‘पछिल्लो समय बैंक तथा वित्तीय संस्था बारे नकारात्मक समाचार फैलिएको छ । सेयर बजारमा यो समूहको हिस्सा ठूलो भएकाले यो समूहमा दबाब पर्दा समग्र बजारनै प्रभावित बनेको छ ।’  

उनले ठूला बैंकहरुको वासलात र नगद प्रवाह जस्ता वित्तीय विवरण शंकाको घरेमा भएको बताए । लगानीकर्ताका लागि ढुक्कले लगानी गर्ने अवस्था समेत नभएको र समग्र अर्थतन्त्रमा सुधार नहुँदा कम्पनीहरुको व्यवसाय बढ्न नसक्दा त्यसको प्रभाव सेयर बजारमा परेको गजुरेलले बताए । ‘ पुस मसान्तको दबाब सकिएसँगै आगामी साता बजार सामान्य बढ्न सक्ने देखिन्छ,’ उनले भने ।    

अर्का बजार जानकार सरोज भट्टराईले पुस र माघ सेयर बजारका लागि अफ–सिजन भएकाले बजारमा हिजोआज खासै ठूलो अंकको वृद्धि नदेखिएको बताए । ‘सरकार परिवर्तनको हल्लाले समेत बजार प्रभावित बनेको छ । अस्थिर सरकारको अफवाहका कारण बजारमा ठूला लगानीकर्ताको प्रवेश देखिदैछ । जसका कारण बजारमा दिगोपन आउन सकेको छैन ।

बजारमा अल्पकालिन लगानीकर्ता हाबी हुँदा राम्रा कम्पनीमा आकर्षण कम देखिएकाले बजार बढ्न नसकेको उनले बताए । उनले भने,‘लगानीकर्ता अझै पनि पर्ख र हेरको अवस्थामै छन् । केही समयसम्म बजार यस्ता सामान्य उतारचढाव देखिन पनि सक्छ ।’  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा मात्रै हरियाली छायो भने अन्य ८ वटा समूहमा रातो पोतियो । आज व्यापार समूह सर्वाधिक बढ्यो । यो समूह आज २.०३ प्रतिशतले बढ्यो ।  

यस्तै हाईड्रो समूह आज ०.०७ प्रतिशत,म्युचुअल फण्ड ०.६८ र अन्य ०.३२ प्रतिशतले बढ्यो । फाइनान्स समूहमा भने आज सर्वाधिक गिरावट आयो । यो समूह आज ५.१९ प्रतिशतले घट्यो । बैंकिङ समूह आज ०.७४ प्रतिशत,विकास बैंक ०.८८,होटल ०.२२,लगानी ०.५८,जीवन बीमा ०.६१, लघुवित्त ०.५५ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सिन्धु विकास बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २८ करोड ५७ लाख बढीको कारोबार भयो । एनआरएन इन्फ्रास्ट्रक्चरको आज २१ करोड १८ लाख,सानिमा मिडिल तमोरको १४ करोड ४२ लाख र जानकी फाइनान्सको १३ करोड ३३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु),विन नेपाल लघुवित्त,मन्दाकिनी हाईड्रोपावर र अपरहेवा खोला हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

पोखरा फाइनान्सको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । जानकी फाइनान्सको सेयरमूल्य पनि आज ९.३९ प्रतिशत,खानीखोला हाईड्रोको ९.१५ र रिलायन्स फाइनान्सको सेयरमूल्य ७.५७ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.