बुधबार, असार १०,२०८३ 04:03:06
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:03:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा दुई पुनर्बीमक

Laxmi Sunrise Bank Limited
गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, सर्वाधिक गुमाउनेमा दुई पुनर्बीमक

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । 

आज बीमा समूहका दुबै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.४२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.२० प्रतिशतले घटेको छ । आज गार्डियन माइक्रो लाइफ बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घटेको छ । गार्डियन माइक्रो लाइफको सेयरभाउ ०.१४ प्रतिशतले बढेर २०५९.४१ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने दुई पुनर्बीमा कम्पनी रहेका छन् । हिमालयन रि को सेयरभाउ ४.२३ प्रतिशतले घटेर १००१.२८ रुपैयाँ कायम भएको छ भने नेपाल रि को सेयरभाउ ३.२५ प्रतिशतले घटेर १४८३.४२ रुपैयाँ कायम भएको छ । यसका साथै एशियन लाइफको १.१० प्रतिशत, सिटिजन लाइफको १.७२ प्रतिशत, क्रेष्ट माइक्रो लाइफको १.०५ प्रतिशत, हिमालयन लाइफको १.३६ प्रतिशत, आइएमई लाइफको ०.७५ प्रतिशत, एलआइसी नेपालको ०.८९ प्रतिशत, नेपाल लाइफको १.९२ प्रतिशत, नेशनल लाइफको २.६६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको १.१७ प्रतिशत, रिलायबल नेपाल लाइफको १.४७ प्रतिशत, सूर्यज्योति लाइफको १.५९ प्रतिशत, सन नेपाल लाइफको २.२६ प्रतिशत र सानिमा रिलायन्स लाइफको १.१२ प्रशितलते घटेको छ ।

त्यस्तै, हिमालयन एभरेष्टको ०.३१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १.२२ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.८९ प्रतिशत, नेको इन्स्योरेन्सको १.६३ प्रतिशत, एनएलजी इन्स्योरेन्सको २.०९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.६० प्रतिशत, प्रभु इन्स्योरेन्सको १.६२ प्रतिशत, आरबीसीएलको ०.६० प्रतिशत, सलिकोको १.३५ प्रतिशत, सानिमा जिआइसीको १.०३ प्रतिशत, शिखरको १.०७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.२३ प्रतिशत र युनाइटेड अजोडको १.८३ प्रतिशतले घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.