बुधबार, असार १०,२०८३ 04:06:13
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:06:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

Laxmi Sunrise Bank Limited
१० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सानिमा रिलायन्स लाइफ

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको १ करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने बीमा कम्पनीमा भने सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.१५ प्रतिशतले घटेर ४५३ रुपैयाँ कायम भएको छ ।

New Office
CG Motors
Garima Development Bank

नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह बाहेक सबै उपसूचक आज राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.३१ प्रतिशत र निर्जीवन बीमा समूह ०.१५ प्रतिशतले घटेको छ । बीमा समूह घटेपनि आज १० वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ ४.५६ प्रतिशतले बढेर १३७५ रुपैयाँ पुगेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्सको २.५७ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.०७ प्रतिशत, एलआइसी नेपालको १.८९ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१६ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १.०४ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५३ प्रतिशत, सन नेपाल लाइफको ०.१७ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.१४ प्रतिशत र नेको इन्स्योरेन्सको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्त, आरबीसीएलको ३.८९ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.२५ प्रतिशत, हिमालयन एभरेष्टको २.०३ प्रतिशत, आइएमई लाइफको १.५५ प्रतिशत, युनाइटेड अजोडको १.४४ प्रतिशत, हिमालयन रि को ०.९७ प्रतिशत, नेशनल लाइफको ०.७० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.६८ प्रतिशत, सुर्यज्योति लाइफको ०.६६ प्रतिशत, एशियन लाइफको ०.३० प्रतिशत र शिखर इन्स्योरेन्सको ०.२४ प्रतिशतले सेयरभाउ घटेको छ ।  

आज एनएलजी इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, बीमा कम्पनीमा दोस्रो बढी कारोबार हिमालयन रि इन्स्योरेन्सको १२ करोड ८४ लाख रुपैयाँमाथिको भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.