काठमाण्डौ । साताको चौथोे कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) स्थिर रहेको छ । आज नेप्से परिसूचक ०.२१ अंकको झिनो गिरावटका साथ १ हजार ९६०.६० विन्दुमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०४ प्रतिशतले घटेर ३४९.४० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०५ वटा कम्पनीको ५८ लाख ७४ हजार ९६७ कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
आजको बजारबारे बजार जानकार प्रेम ओलि भन्छन्, ‘लगानीकर्ताले हिजो र आजको कारोबारमा बढेर किन्न पनि चाहेनन् र घटेर बेच्न पनि चाहेनन् । त्यसैले आज बजार स्थिर भएको छ । मौद्रिक नीतिको समीक्षा र बजेट आउन लागेकाले लगानीकर्ता केहि गूड न्यूजको प्रतिक्षामा छन् ।’
अहिले ठूला लगानीकर्ता पनि पर्ख र हेरकै अवस्थामा रहेको ओलीले बताए । ट्रेडरहरु पनि सक्रिय नभएकाले र लगानीकर्ता थप लगानी गर्न इच्छुक नभएकाले केहि दिनदेखि बजार बढ्न नसकेको उनको धारणा छ ।
साइन रेसुंगा बैंकका सञ्चालक विरेन्द्र विष्टले बजार अहिले बटममा रहेको र केहि सकारात्मक खबर आउने बित्तिकै बजारले गति लिने बताए ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज वित्त समूहमा सबैभन्दा धेरै वृद्धि देखियो । आज वित्त समूह ३.११ प्रतिशतले बढ्यो ।
त्यस्तै हाईड्रो समूह ०.०२,लघुवित्त २.७६ र व्यापार समूह ०.१५ प्रतिशतले बढ्यो ।
आज अन्य समूहमा सबैभन्दा धेरै अर्थात १.१५ प्रतिशतको गिरावट आयो । यो दिन बैंकिङ समूह ०.२५,विकास बैंक ०.१७,होटल ०.४९,लगानी ०.४८,जीवन बीमा ०.३८, उत्पादन तथा प्रशोधन १.०९,म्युचुअल फण्ड ०.४७ र निर्जीवन बीमा समूह ०.१९ प्रतिशतले घट्यो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको सर्वाधिक सेयर कारोबार भएको छ । आज यो कम्पनीको १० करोड ६० लाख बढीको सेयर कारोबार भएको छ ।
त्यस्तै ग्रामिण विकास लघुवित्तको सेयरमूल्य ७ करोड १५ लाख,हिमालयन डिस्टलरी ५ करोड ८६ लाख र गोर्खाज फाइनान्सको ५ लाख ६८ लाख बढीको सेयर कारोबार भएको छ ।
धरै कमाउने र गुमाउने कम्पनीहरु
यो दिन इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो । आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ९.७४ प्रतिशत,समता घरेलु लघुवित्तको ९.६७,ग्रामिण विकास लघुवित्तको ८.२१ र श्रृजनशिल लघुवित्तको सेयरमूल्य ७.४५ प्रतिशतले बढ्यो ।
आज मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य सर्वाधिक अर्थात ३.६९ प्रतिशतले घट्यो ।