बिहीबार, बैशाख ३१,२०८३ 07:11:25
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए

Laxmi Sunrise Bank Limited
जीवन बीमा समूहमा चमक, रिलायबल नेपाल लाइफका सेयरधनीले सर्वाधिक कमाए
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । आज नेप्से इन्डेक्स आज ५८.५८ अंकले बढेर २१११ विन्दुमा उक्लिएको छ ।  

नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै १३ वटै समूहमा आज हरियाली छाएको छ । आज सर्वाधिक जीवन बीमा इन्डेक्स चम्किएको छ । जीवन बीमा समूह ५.४४ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह ३.१५ प्रतिशतले बृद्धि भएको छ ।  

सूचीकृत २६ वटै बीमा कम्पनीको सेयरभाउ आज बढेको छ । सर्वाधिक कमाउने अर्थात सेयरभाउ बढ्नेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ७.३१ प्रतिशतले बृद्धि भई ४७७ रुपैयाँ पुगेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, हिमालयन लाइफको ७.३० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ७.२१ प्रतिशत, सन नेपाल लाइफको ६.७४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ६.६७ प्रतिशत, सुर्यज्योति लाइफको ६.५४ प्रतिशत, एशियन लाइफको ६.१९ प्रतिशत, सिटिजन लाइफको ५.८८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ५.२० प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.८० प्रतिशत, आइएमई लाइफको ४.४९ प्रतिशत, नेपाल लाइफको ४.३५ प्रतिशत, युनाइेटड अजोडको ४.०५ प्रतिशत र सलिकोको ३.९८ प्रतिशतले सेयरभाउ बढेको छ ।  

त्यस्तै, नेशनल लाइफको ३.७२ प्रतिशत, सानिमा जिआईसीको ३.७२ प्रतिशत, हिमालयन एभरेष्टको ३.५५ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ३.४५ प्रतिशत, शिखरको ३.३८ प्रतिशत, एलआइसी नपालको ३.२८ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.६३ प्रतिशत, एनएलजीको २.४४ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको २.४२ प्रतिशत, नेकोको २.३० प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.२४ प्रतिशत र आरबीसीएलको १.६० प्रतिशतले सेयरभाउ बढेको छ ।  

आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा तीन बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सन नेपाल लाइफको १६ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ७१ लाख र हिमालयन लाइफको ९ करोड रुपैयाँको कारोबार भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.