आईतवार, असार १५,२०८२ 10:28:33
  • आईतवार, असार १५,२०८२ 10:28:33
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको गिरावट, जानकार भन्छन्, ‘एकदुई दिनमा बजार सम्हालिन्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १.७२ प्रतिशत अर्थात ४७.४४ अंकले घटेर २ हजार ६९७.९१ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.५९ प्रतिशतले घटेर ४८७.३९ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘बजार एक तहमा बढेर करेक्सनको अबस्थामा पुगेको थियो । यहि बेलामा राजनीतिक अस्थिरता पनि देखियो । रबि लामिछानेका कारण आज पोखरामा आन्दोलन पनि भयो । यस्तै व्यबस्था परिवर्तन हुन सक्ने भन्ने अफबाह पनि बजारमा देखियो । यसै कारण आज बजारवमा गिरावट आएको छ ।’

गजुरेलको बिचारमा आज बैंकिङ क्षेत्रमा दबाब आउदा नेप्से सूचक घटेको र कारोबार बढेको हो । प्राविधिक रुपमा पनि बजारले बोलिङ्गरको मध्य ब्याण्डसम्म सपोर्ट लिन आउने र बजारले एक दुई दिनमा पुनःसम्हालिने गजूरेलको तर्क रहेको छ ।  

त्यसैगरि अर्का बजार जानकार मिलल कोइरालाले पनि लगानीकर्ताहरुले केही राजनीतिक अस्थिरता आँकलन गरेको कारण बजार घटेको तर्क गरे । उनले सेयर बजारमा उतारचढाव सामान्य रहेको र बजार केही दिनमा सम्हालिने दाबी गरे। कोइरलाले लगानीकर्ताहरुलाई हल्ला र अफवाहको पछाडि नलाग्न पनि आग्रह गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा रातो पोतियो। आज वित्त समूह सर्वाधिक अर्थात ४ प्रतिशतले घट्यो । यस्तै आज बैंकिङ समूह १.०२ प्रतिशत,विकास बैंक २.३४,होटल २.२३,हाईड्रो २.१४,लगानी १.८९, जीवन बीमा २.४६,उत्पादन तथा प्रशोधन २.०५,लघुवित्त १.५२,निर्जीवन बीमा १.५२,अन्य १.५० र व्यापार समूह १.८६ प्रतिशतले घट्यो ।  

आज म्युचुअल फण्ड समूह अपरिवर्तित रह्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन गूडविल फाइनान्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४५ करोड ७ लाख बढीको सेयर कारोबार भयो । यस्तै कुमारी बैंकको ३७ करोड ८७ लाख,हिमालयन रि इन्स्योरेन्सको २६ करोड ५ लाख,एचआईडीसीएलपीको २३ करोड २६ लाख र ङादी ग्रुप पावरको २१ करोड ३४ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज कुथेली बुखरी स्मल हाईड्रो र ङादी ग्रुप पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै हिमालयन लघुवित्तको सेयरमूल्य ५.९२ प्रतिशत र अपर सोलुको सेयरमूल्य ३.०७ प्रतिशतले बढ्यो ।  

यो दिन इष्टर्न हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.