आईतवार, कार्तिक १,२०८३ 07:59:30
  • आईतवार, कार्तिक १,२०८३ 07:59:30
Global IME Bank Limited

सेयरबजारमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो

Bizshala
सेयरबजारमा सामान्य गिरावट, कारोबार रकम भने बढ्यो
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजार सामान्य अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०४ प्रतिशत अर्थात १.२० अंकले घटेर २ हजार ६८४.३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले बढेर ४७०.६३ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४९ वटा स्क्रिप्टको १ करोड १४ लाख ४९ हजार ९८७ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ५७ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो दिन भने ३ अर्ब ७५ करोड ९७ लाख बढीको सेयर कारोबार भएको थियो ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह ०.२६ प्रतिशत, विकास बैंक समूह ०.२३, होटल ०.०१, जीवन बीमा ०.०९, लघुवित्त ०.३० र निर्जीवन बीमा ०.३० प्रतिशतले बढ्यो । हाईड्रो समूह आज ०.३१ अंकले बढ्यो ।  

आज व्यापार समूह सर्वाधिक अर्थात ०.९३ प्रतिशतले घट्यो । यस्तै फाइनान्स ०.२९ प्रतिशत, लगानी ०.१०, उत्पादन तथा प्रशोधन ०.५७ र अन्य ०.८३ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज रिलायन्स स्पीनिङ मिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज २७ करोड ६२ लाख बढीको सेयर कारोबार भयो । यस्तै रिडी पावर कम्पनीको २० करोड ८२ लाख, ग्लोबल आईएमई बैंकको १९ करोड ४९ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १७ करोड ६० लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये एउटा मात्रै कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज एभरेष्ट कलर लिमिटेडको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ११.७७ प्रतिशत, महुली लघुवित्तको ७.१६ र श्रीनगर एग्रीटेकको सेयरमूल्य ४.१३ प्रतिशतले बढ्यो ।  

यो दिन रिलायन्स स्पीनिङ मिल्सको सेयरमूल्य सर्वाधिक अर्थात ७.४० प्रतिशतले घट्यो । सालपा विकास बैंकको ४.३१ र भगवती हाईड्रोपावरको सेयरमूल्य ३.३६ प्रतिशतले बढ्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.