सोमबार, कार्तिक २,२०८३ 04:34:50
  • सोमबार, कार्तिक २,२०८३ 04:34:50
Global IME Bank Limited

५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण

Bizshala
५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले बढेर २ हजार ६११.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४४०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘लगानीकर्ताले जतिसक्दो चाडो गभर्नर नियुक्तिको अपेक्षा गरेका छन् । जो सुकै आएतापनि समयमै गभर्नर आउनु पर्छ । गभर्नर नियुक्तिसम्बनधी अन्यौलताकै कारण केही समयदेखि बजार अघि बढ्न सकिरहेको छैन ।’

बजारमा तरलता र सस्तो ब्याजदर रहुन्जेल बजार मजबुत नै रहने उनले बताए । ‘आज जलविद्युत क्षेत्रमा आकर्षण बढेको छ । त्यसैले राम्रा र बलिया कम्पनीमा लगानी गर्नुपर्ने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लगातार ५ दिनको गिरावट पछि बजारमा सामान्य सुधार आएको बताए । उनले अघिल्लो दिनको तुलनामा बजारमा कारोबार बढ्नु भने सकारात्मक पक्ष भएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.०७ प्रतिशतले बढ्यो ।  

यस्तै आज हाईड्रो समूह १.४० प्रतिशत, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२ र निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात १.४० प्रतिशतले घट्यो । बैंकिङ समूह ०.१० प्रतिशत,विकास बैंक ०.९०, फाइनान्स १.१०,होटल ०.२७,लगानी ०.४०,लघुवित्त ०.१७ र म्युचुअल फण्ड ०.०४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९२ करोड ८९ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६७ करोड ३२ लाख,राधी जलविद्युतको ३८  करोड २२ लाख,युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाईड्रोको ३२ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ,ओम मेगा श्री फर्मास्युटिकल्स र रिडी पावर कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.७६ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.