आईतवार, असार १५,२०८२ 10:06:22
  • आईतवार, असार १५,२०८२ 10:06:22
Global IME Bank Limited

५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण

Hyundai Nepal
५ दिनपछि नेप्सेमा झिनो सुधार, अन्य र हाईड्रो समूहमा आकर्षण
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०३ प्रतिशत अर्थात १.०३ अंकले बढेर २ हजार ६११.४३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४४०.२६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार भन्छन्,  ‘लगानीकर्ताले जतिसक्दो चाडो गभर्नर नियुक्तिको अपेक्षा गरेका छन् । जो सुकै आएतापनि समयमै गभर्नर आउनु पर्छ । गभर्नर नियुक्तिसम्बनधी अन्यौलताकै कारण केही समयदेखि बजार अघि बढ्न सकिरहेको छैन ।’

बजारमा तरलता र सस्तो ब्याजदर रहुन्जेल बजार मजबुत नै रहने उनले बताए । ‘आज जलविद्युत क्षेत्रमा आकर्षण बढेको छ । त्यसैले राम्रा र बलिया कम्पनीमा लगानी गर्नुपर्ने देखिन्छ,’ उनले भने ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले पनि लगातार ५ दिनको गिरावट पछि बजारमा सामान्य सुधार आएको बताए । उनले अघिल्लो दिनको तुलनामा बजारमा कारोबार बढ्नु भने सकारात्मक पक्ष भएको बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा बाहेक अन्य सबैमा रातो पोतियो। आज व्यापार समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज २.०७ प्रतिशतले बढ्यो ।  

यस्तै आज हाईड्रो समूह १.४० प्रतिशत, जीवन बीमा ०.३३, उत्पादन तथा प्रशोधन ०.३२ र निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात १.४० प्रतिशतले घट्यो । बैंकिङ समूह ०.१० प्रतिशत,विकास बैंक ०.९०, फाइनान्स १.१०,होटल ०.२७,लगानी ०.४०,लघुवित्त ०.१७ र म्युचुअल फण्ड ०.०४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९२ करोड ८९ लाख बढीको कारोबार भयो । ङादी ग्रुप पावरको पनि आज ६७ करोड ३२ लाख,राधी जलविद्युतको ३८  करोड २२ लाख,युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाईड्रोको ३२ करोड ७० लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ,ओम मेगा श्री फर्मास्युटिकल्स र रिडी पावर कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यो दिन विन नेपाल लघुवित्तको सेयरमूल्यमा सर्वाधिक गिरावट आयो । आज यो कम्पनीको सेयरमूल्य १० प्रतिशतले घट्यो । यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ७.७६ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयरमूल्य ५.७३ प्रतिशतले घट्यो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.