बुधबार, असार १०,२०८३ 04:07:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

Laxmi Sunrise Bank Limited
११ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल रि

काठमाण्डौं । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३.५८ अंकले बढेर २ हजार ६६१.६० विन्दुमा उक्लिएको छ। नेप्सेमा सूचीकृत ३१४ कम्पनीको २ करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ८७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.३६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले घटेको छ । आज ११ बमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। कम्पनीको सेयरभाउ ९.९९ प्रतिशतले बढेर १०४२ रुपैयाँ पुगेको छ । 

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५.३५ प्रतिशत, गार्डियन माइक्रो लाइफको ५.०८ प्रतिशत, रिलायबल नेपाल लाइफको २.७९ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.९९ प्रतिशत, सुर्यज्योति लाइफको ०.४५ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.३० प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.२३ प्रतिशत, एशियन लाइफको ०.२३ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.०६ प्रतिशतले बढेको छ। 

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने नेपाल रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ २.१२ प्रतिशतले घटेर १२५०.१० रुपैयाँ कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसका साथै सन नेपाल लाइफको १.२१ प्रतिशत, एलआइसी नेपालको १.२० प्रतिशत, आइजीआइ प्रुडेन्सियलको १.१७ प्रतिशत, नेको इन्स्योरेन्सको १.०७ प्रतिशत, सानिमा जिआइसीको १.०४ प्रतिशत, आइएमई लाइफको ०.९१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.८३ प्रतिशत, युनाइटेड अजोडको ०.७९ प्रतिशत, हिमालयन लाइफको ०.६९ प्रतिशत, नेपाल लाइफको ०.६८ प्रतिशत, नेशनल लाइफको ०.६७ प्रतिशत, सिटिजन लाइफको ०.६७ प्रतिशत, आरबीसीएलको ०.५७ प्रतिशत, हिमालयन एभरेष्टको ०.४५ प्रतिशत, नेपाल इन्स्योरेन्को ०.४१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.३८ प्रतिशत र हिमालयन रिको ०.३३ प्रतिशतले सेयरभाउ घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.