शुक्रबार, जेष्ठ २३,२०८२ 10:33:06
IME remit
  • शुक्रबार, जेष्ठ २३,२०८२ 10:33:06
IME remit
Global IME Bank Limited

५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ

Hyundai Nepal
५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.५८ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२३ प्रतिशतले घटेको छ । आज ५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.९६ प्रतिशतले बढेर ७५६ रुपैयाँ पुगेको छ । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

त्यस्तै, सिद्धार्थ प्रिमियरको १.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.१८ प्रतिशत, हिमालयन लाइफको ०.०५ प्रतिशत र नेपाल लाइफको ०.०१ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ २.८७ प्रतिशतले घटेर १७०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एशियन लाइफको १.५२ प्रतिशत, सिटिजन लाइफको ०.४९ प्रतिशत, गार्डियन माइक्रो लाइफको २.५५ प्रतिशत, आइएमई लाइफको ०.९२ प्रतिशत, एलआइसी नेपालको ०.७६ प्रतिशत, नेशनल लाइफको ०.०७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.५० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३७ प्रतिशत, सूर्यज्योति लाइफको ०.४४ प्रतिशत, सन नेपाल लाइफको ०.४७ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२५ प्रतिशतले सेयरभाउ घटेको छ । 

Muktinath Bikas Bank Limited

यसका साथै हिमालयन एभरेष्टको ०.२७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.७७ प्रतिशत, नेको इन्स्योरेन्सको ०.४२ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको २.८४ प्रतिशत, प्रभु इन्योरेन्सको १.८० प्रतिशत, आरबीसीएलको ०.७० प्रतिशत, सगरमाथा लुम्बिनीको ०.०५ प्रतिशत, सानिमा जिआइसीको ०.५७ प्रतिशत, शिखरको ०.५७ प्रतिशत र युनाइटेड अजोडको १.३४ प्रतिशतले सेयरभाउ घटेको छ । यता पुनर्बीमा कम्पनीतर्फ हिमालयन रि को सेयरभाउ ०.३९ प्रतिशतले घटेर ९२७ रुपैयाँ कायम भएको छ भने नेपाल रि इन्स्योरेन्सको सेयरभाउ ०.५३ प्रतिशतले घटेर १२४० रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.