बिहीबार, बैशाख ३१,२०८३ 07:11:26
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:11:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो

Laxmi Sunrise Bank Limited
नेप्सेमा झिनो वृद्धि, कारोबार समेत बढ्यो
Shivam Cement

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०५ प्रतिशत अर्थात १.६० अंकले बढेर २ हजार ६९४.६६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४६०.९८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको २ करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत बुधबार भने बजारमा ८ अर्ब ५८ करोड बढीको कारोबार भएको थियो ।  

Bizshala
New Office
CG Motors

आजको बजारबारे बजार जानकार अजयसिंह थापा(जयशम्भु)भन्छन्,  ‘अन्य दिनजस्तै आजको बजारले पनि खासै गति लिन सकेन । कम्पनीहरुको लाभांश क्षमता र व्यापार नबढ्नु तथा निराशाजनकपूर्ण बजेट आएका कारण लगानीकर्तामा बजारप्रति विश्वास देखिदैछ । बजेटमा केही विशेष नयाँ योजना छैन र चालु खर्च समेत धान्न मुश्किल देखिन्छ ।’

थापाले अहिले अन्य व्यवसाय समेत नचलेका कारण सेयर बजार समेत चल्न नसकेको बताए । यद्यपी बजारमा एउटा स्विङको सम्भावना भने रहेको उनले दाबी गरे ।  

प्राविधिक रुपमा बजारले २७४५ विन्दुमाथि जान नसकेका कारण अल्पकालिन लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए ।  

अर्का बजार जानकार विरेन्द्र विष्टले गभर्नरको मुद्दा अदालतमा रहेका कारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताए । ‘केही टाठाबाठा लगानीकर्ता बजार घटाएर सस्तोमा सेयर उठाउन लागिपरेका छन् । जसका कारण बजारमा दबाब परेको छ,’ उनले भने ।

एकदुई दिनमा भने बजारले गति लिनेमा विष्ट ढुक्क देखिए ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छायो भने ५ वटा समूहमा रातो पोतियो । लगानी समूह आज सर्वाधिक बढ्यो । यो समूह आज २.३७ प्रतिशतले बढ्यो । फाइनान्स समूह पनि आज ०.१७ प्रतिशत, होटल २.१५,जीवन बीमा ०.२५,म्युचुअल फण्ड ०.११,निर्जीवन बीमा ०.०८,अन्य ०.३१ र व्यापार समूह ०.०१ प्रतिशतले बढ्यो ।  

उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात ०.५१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि यो दिन ०.४५ प्रतिशत, विकास बैंक ०.२२,हाईड्रो ०.२८ र लघुवित्त समूह ०.१४ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ८७ करोड ४७ लाख बढीको सेयर कारोबार भयो । राधी विद्युतको पनि आज ६५ करोड २ लाख, युनिभर्सल पावरको ५४ करोड १९ लाख,एचआईडीसीएलको ३७ करोड २९ लाख र बुटवल पावरको ३४ करोड ९८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

यसबाहेक आज न्यादी हाईड्रोको. सेयरमूल्य ८.७२ प्रतिशत,एचआईडीसीएलको ६.५९ र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य ५.६७ प्रतिशतले बढ्यो ।  

भूगोल इनर्जी आज सर्वाधिक सेयरमूल्य घट्ने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ६.२४ प्रतिशतले ओरालो लाग्यो । पिपुल्स पावरको सेयरमूल्य पनि आज ३.३५ प्रतिशत, उपकार लघुवित्तको ३.२२ र बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य ३.२० प्रतिशतले घट्यो । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.