बिहीबार, बैशाख ३१,२०८३ 07:10:44
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 07:10:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई पुनर्बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि को २१ करोडमाथिको कारोबार

Laxmi Sunrise Bank Limited
दुई पुनर्बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि को २१ करोडमाथिको कारोबार
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ वटा समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.९९ प्रतिशत र निर्जीवन बीमा समूह ०.६६ प्रतिशतले घटेको छ । आज दुई पुनर्बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । हिमालयन रि इन्स्योरेन्सको सेयरभाउ ३.२७ प्रतिशतले बढेर ५५३ रुपैयाँ पुगेको छ भने नेपाल रि इन्योरेन्सको सेयरभाउ १.५५ प्रतिशतले बढेर ६४६.७० रुपैयाँ पुगेको छ । 

सर्वाधिक गुमाउने अर्थात् सेयरभाउ घट्ने बीमा कम्पनीमा भने नेशनल लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.७४ प्रतिशतले घटेर ५३१.६० रुपैयाँ कायम भएको छ । 

Bizshala
New Office
CG Motors

त्यस्तै, नेको इन्स्योरेन्सको १.६३ प्रतिशत, एलआइसी नेपालको १.४६ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १.४५ प्रतिशत, सानिमा जिआइसीको १.३३ प्रतिशत, हिमालयन एभरेष्टको १.१९ प्रतिशत, युनाइटेड अजोडको १.१६ प्रतिशत, आइएमई लाइफको १.११ प्रतिशत, नेपाल लाइफको १.०८ प्रतिशत, सिटिजन लाइफको १.०२ प्रतिशत, हिमालयन लाइफको ०.९१ प्रतिशत, एशियन लाइफको ०.९० प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.८१ प्रतिशत, सुर्यज्योति लाइफको ०.७७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.३८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.३६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.३१ प्रतिशत, शिखरको ०.२२ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२१ प्रतिशत, आरबीसीएलको ०.१८ प्रतिशत र सन नेपाल लाइफको ०.१३ प्रतिशतले सेयरभाउ घटेको छ । बीमा कम्पनीमा आज सर्वाधिक हिमालयन रि इन्स्योरेन्सको २१ करोड ४१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.