सोमबार, कार्तिक २,२०८३ 04:28:44
  • सोमबार, कार्तिक २,२०८३ 04:28:44
Global IME Bank Limited

कारोबार वृद्धिका साथ नेप्सेमा झिनो अंकको बढोत्तरी, ‘लगानीकर्ता बिस्तारै बजार प्रवेश गर्दै’

Bizshala
कारोबार वृद्धिका साथ नेप्सेमा झिनो अंकको बढोत्तरी, ‘लगानीकर्ता बिस्तारै बजार प्रवेश गर्दै’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात २.४७ अंकले बढेर २ हजार ७४५.३६ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२६ प्रतिशतले बढेर ४९५.३० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयर ७ अर्ब १९ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

अघिल्लो दिन भने ५ अर्ब ६६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्, ‘आजबाट दशैं पनि सकिएको कारण लगानीकर्ताहरु बजारमा फर्केका छन् । अब बिस्तारै सूचक र कारोबार पनि बढ्दै जान्छ । आज वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । यो भनेको नेपाल राष्ट्रबैंकले बैंकहरुलाई केही सहज नीति लिएको कारण नै हो ।’

कार्तिक ७ गतेसम्म सबै बैंकहरुको रिपोर्ट आउने र बजारको दिशा थप प्रष्ट हुनेमा पाठक विश्वस्त देखिए । पाठकले धेरै जस्तो बैंकहरुको रिपोर्ट २० देखि २५  रुपैयाँसम्म आउन सक्ने पनि आँकलन गरे । यसकारण अब बजार बैंकिङ क्षेत्रले डोर्याउने पनि उनको तर्क रहेको छ ।  

अर्का बजार जानकार रुपेश महर्जनले पनि आज बजारमा इन्ट्रा डे करेक्सन भएको तर कारोबार तथा भोल्युम बढ्नु सकरात्मक पक्ष रहेको बताए । महर्जनले अब कार्तिकबाट नयाँ पैसा बजारमा आउँदा नेप्सेले गति लिने विश्वास व्यक्त गरे ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा भने रातो पातियो ।  

आज म्युचुअल फण्ड समूह सर्वाधिक बढ्यो । यो समूह आज १.४० प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.४० प्रतिशत,वित्त ०.५१,लगानी ०.७१,उत्पादन तथा प्रशोधन ०.२१ र अन्य समूह ०.३६ प्रतिशतले बढ्यो । निर्जीवन  बीमा समूह पनि आज ०.७५ अंकले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक घट्यो । होटल समूह १.४८ प्रतिशतले घटेको आज विकास बैंक ०.६४,हाईड्रो ०.१२,जीवन बीमा ०.२४,लघुवित्त ०.१९ र होटल समूह १.४८ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड १३ लाख बढीको सेयर कारोबार भयो । यस्तै एचआईडीसएलपीको आज २६ करोड ६२ लाख,हिमालयन रि इन्स्योरेन्सको २० करोड २३ लाख,ङादी ग्रुप पावरको १८ करोड ५६ लाख र गूडविल फाइनान्सको १८ करोड ३९ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनै पनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज गूडविल फाइनान्सको सेयरमूल्य सर्वाधिक अर्थात ७.६३ प्रतिशतले बढ्यो । समाज लघुवित्तको सेयरमूल्यको पनि आज ५.१२ प्रतिशत र राँवा इनर्जीको सेयरमूल्य ५.१२ प्रतिशतले बढ्यो ।  

यो दिन अपर स्याङ्गे हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ५.१९ प्रतिशतले घट्यो । मिड सोलु हाईड्रोको सेयरमूल्य पनि आज ५.०३ प्रतिशत,सामुदायिक लघुवित्तको ४.४७ र सपोर्ट माईक्रोफाइनान्सको ३.४१ प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.