शनिबार, फाल्गुन १०,२०८१ 09:38:13
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:38:14
IME remit
Global IME Bank Limited

९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

Hyundai Nepal
९ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.९५ अंकले बढेर २६३३.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका ३१८ कम्पनीको ८९ लाख ३९ हजार ३४८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा उपसूचक ०.१५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक ०.१९ प्रतिशतले बढेको छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

आज ९ वटा मात्रै बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६४ प्रतिशतले बढेरु ९२७ रुपैयाँ कायम भएको छ । त्यस्तै, एलआइसी नेपालको सेयरभाउ १.५८ प्रतिशतले बढेर ११९८.६० रुपैयाँ कायम भएको छ । 

यसका साथै हिमालयन एभरेष्टको १.२४ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.१३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.६६ प्रतिशत, नेको इन्स्योरेन्सको ०.२३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.१३ प्रतिशत, एशियन लाइफको ०.०७ प्रतिशत र हिमालयन रि को ०.०२ प्रतिशतले सेयरभाउ बढेको छ । 

आज सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा भने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.६१ प्रतिशतले घटेर ५३७.५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, नेपाल लाइफको ०.८९ प्रतिशत, सानिमा जिआइसीको ०.८८ प्रतिशत, नेशनल लाइफको ०.८५ प्रतिशत, सुर्यज्योति लाइफको ०.५५ प्रतिशत, आरबीसीएलको ०.५२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.४९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३० प्रतिशत, हिमालयन लाइफको ०.२४ प्रतिशत, सन नेपाल लाइफको ०.१६ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.१४ प्रतिशत, सलिकोको ०.१३ प्रतिशत, युनाइटेड अजोडको ०.०९ प्रतिशत र आइएमई लाइफको ०.०४ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.