मंगलवार, असार १६,२०८३ 08:12:55
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:12:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

Laxmi Sunrise Bank Limited
१० बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२७ कम्पनीको २ करोड ३६ लाख ८९ हजार ७१ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९१ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा समूह ०.११ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचक भने ०.०३ प्रतिशतले बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

आज १० वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ११४६.७० रुपैयाँ पुगेको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफको ९.९९ प्रतिशत, नेशनल लाइफको ०.२७ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.१२ प्रतिशत, प्रभु् महालक्ष्मी लाइफको १.०३ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.५९ प्रतिशत, सिटिजन लाइफको ०.४५ प्रतिशत, हिमालयन एभरेष्टको ०.२९ प्रतिशत, एशियन लाइफको ०.०२ प्रतिशत, नेपाल रि को ०.०८ प्रतिशत र आइजीआई प्रुडेन्सियलको ०.०७ प्रतिशतले सेयरभाउ बढेको छ । आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने गार्डियन माइक्रो लाइफ रहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको सेयरभाउ ३.४९ प्रतिशतले घटेर २४६१ रुपैयाँ कायम भएको छ ।

यसका साथै एनएलजी इन्स्योरेन्सको २.२४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.९० प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७६ प्रतिशत, एलआइसी नेपालको ०.६१ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.५४ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, आइएमई लाइफको ०.४८ प्रतिशत, आरबीसीएलको ०.४० प्रतिशत, नेपाल लाइफको ०.४० प्रतिशत, सलिकोको ०.४६ प्रतिशत, युनाइटेड अजोडको ०.३९ प्रतिशत, सन नेपाल लाइफको ०.३६ प्रतिशत, हिमालयन रि को ०.२८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.२७ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.२१ प्रतिशत, सुर्यज्योति लाइफको ०.१९ प्रतिशत, हिमालयन लाइफको ०.१६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०८ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.०८ प्रतिशतले सेयरभाउ घटेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.