बुधबार, असार १०,२०८३ 04:07:01
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:07:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उच्च अंकको वृद्धिका साथ २७ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार ११.८५ अर्ब

Laxmi Sunrise Bank Limited
उच्च अंकको वृद्धिका साथ २७ सय विन्दुमाथि उक्लियो नेप्से, कारोबार ११.८५ अर्ब

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.५८ प्रतिशत अर्थात ४२.२६ अंकले बढेर २ हजार ७१४.८१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले बढेर ४६७.२५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

New Office
CG Motors
Garima Development Bank

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक अर्थात ३.३६ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह १.२४, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स ०.९७, होटल ३.३६, हाईड्रो १.७७, लगानी २.५४, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फण्ड १.०४, निर्जीवन बीमा १.६५, अन्य १.४४ र व्यापार समूह ०.३७ प्रतिशतले बढ्यो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, राधी विद्युतको ३९ करोड ३ लाख, मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाख, ग्रीन भेन्चर्सको ३० करोड १३ लाख र एसवाई प्यानलको २६ करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यसैगरी, आँखुखोला जलविद्युतको सेयरमूल्य ८.१३ प्रतिशत, राप्ती हाईड्रोको ७.८७ र नेशनल हाईड्रोपावरको सेयरमूल्य ७.३२ प्रतिशतले बढ्यो ।

सुपरमादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.४३ प्रतिशतले घट्यो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.