सोमबार, कार्तिक २,२०८३ 04:31:48
  • सोमबार, कार्तिक २,२०८३ 04:31:48
Global IME Bank Limited

सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से

Bizshala
सेयरबजारमा उच्च गिरावट, २५ सयको लाइनमा झर्यो नेप्से
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.१९ प्रतिशत अर्थात ५८.०५ अंकले घटेर २ हजार ५८२.७३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९० प्रतिशतले घटेर ४३४.९७ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२५ वटा स्क्रिप्टको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता सेयर ५ अर्ब १८ करोड ७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘आज बजार घट्नुमा देशको तरल राजनीतिक अवस्था मुख्य कारण हो । यही चैत १५ गतेदेखि विभिन्न दलहरुले गर्ने भनेको आन्दोलनका कारण डराएका लगानीकर्ता सरकारले कुलमानलाई हटाउने निर्णय गरेसँगै थप त्रसित बनेका छन् । बिग्रदो राजनीतिक अवस्थाका कारण लगानीकर्ताले आज स्टपलस तथा नाफा बुक गरेको हुनपनि सक्छ ।’

यसका साथै अन्तराष्ट्रिय अवस्था र चैत मसान्तकको दबाबले पनि बजार घटेको  हुनसक्ने आँकलन उनले गरे । यद्यपी २५८० विन्दु आसपास भने बजारमा बलियो सपोर्ट रहेको उनले बताए ।

अर्का कजार जानकार नीमानन्द कंडेले पनि चैत मसान्तको दबाब र आन्दोलन जस्ता विषयले लगानीकर्ताको मनोलब खस्किएको बताए । ‘यस्तै उधारोमा सेयर खरिद गरेकाले समेत बिक्री दबाब दिदा र कुलमानको विषयले समेत आज बजार घटेको देखिन्छ,’ उनले भने ।        

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । फाइनान्स समूह आज सर्वाधिक अर्थात ३.४१ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.४० प्रतिशत, विकास बैंक ३.२६,होटल २.८३, हाईड्रो ३.०८,लगानी १.९८, जीवन बीमा २.२४, उत्पादन तथा प्रशोधन १.४९,लघुवित्त २.३०,म्युचुअल फण्ड ०.५१,निर्जीवन बीमा २.३८, अन्य १.६४ र व्यापार समूह १.६० प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २३ करोड २० लाख बढीको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २१ करोड ३९ लाख, युनाइटेड मोदीको १७ करोड ३४ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ८८ लाख र सिईडिबि होल्डिङको १३ करोड ८१ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका कुनैपनि कम्पनीको सेयरमूल्यमा अपर सर्किट लागेन । आज एनसीसी डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक अर्थात ४.५२ प्रतिशतले बढ्यो । यस्तै ११ प्रतिशत केबीएल डिबेञ्चर २०८९ को मूल्य ४.२२ प्रतिशत,९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेञ्चर २०८५ को ४.०३ र प्रभु स्मार्ट फण्डको मूल्य ३.९३ प्रतिशतले बढ्यो ।  

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ९.९७ प्रतिशतले घट्यो । सपोर्ट माईफोफाइनान्सको सेयरमूल्य पनि आज ७.८९ प्रतिशत,सिन्धु विकास बैंकको ६.९२ र अपर हेवाखोलाको सेयरमूल्य ६.९० प्रतिशतले घट्यो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.