आईतवार, कार्तिक १,२०८३ 12:18:06
  • आईतवार, कार्तिक १,२०८३ 12:18:06
Global IME Bank Limited

देखिएन सेयरबजारमा सुधार, कारोबार रकम पनि खुम्चियो

Bizshala
देखिएन सेयरबजारमा सुधार, कारोबार रकम पनि खुम्चियो
New Office

काठमाण्डौ । आजपनि सेयरबजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१४ प्रतिशत अर्थात ४ अंकले घटेर २ हजार ७२४.०३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.११ प्रतिशतले घटेर ४६७.०९ विन्दुमा झरेको छ।

आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टको ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ३४ करोड १० लाख बढीको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने ३ अर्ब ९० करोड ६२ लाख बढीको सेयर कारोबार भएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे धारणा राख्दै बजार जानकार टेकेन्द्र थपलीयाले लगानीकर्ताको मनोबल बढ्न नसक्दा बजारले गति लिन नसकेको बताए । ‘बजारमा सकारात्मक माहोल बनिहालेको अवस्था छैन । लगानीकर्ताको कन्फिडेन्ट उकासियो भने मात्रै बजारमा केही सुधारका संकेतहरु देखिएलान् । तर हाललाई भने बजार साइडवेजको अवस्थामा देखिन्छ,’ उनले भने ।

यस्तै उनले हाल साना लगानीकर्ताले मात्रै बजार भएको बताउँदै बजारलाई साना लगानीकर्ताले मात्रै धान्न नसक्ने बताए ।  

कुन समूहमा भयो कतिको थपघट ?

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ४ वटा समूहमा हरियाली छायो भने ९ वटामा रातो पोतियो । आज म्युचुअल फण्ड समूह सर्वाधिक अर्थात ०.३८ प्रतिशतले बढ्यो । यस्तै निर्जीवन बीमा समूह ०.३५ प्रतिशत, अन्य ०.१८ र व्यापार समूह ०.३७ प्रतिशतले बढ्यो ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.४९ प्रतिशतले घट्यो । यस्तै आज बैंकिङ समूह ०.१२ प्रतिशत, विकास बेंक ०.१३, फाइनान्स ०.३८, होटल ०.४२, हाईड्रो ०.२५, लगानी ०.०३, जीवन बीमा ०.१९ र लघुवित्त समूह ०.३८ प्रतिशतले घट्यो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सर्वाधिक कारोबार हुने कम्पनी

आज सेन्ट्रल फाइनान्सको सर्वाधिक अर्थात २५ करोड ५३ लाख बढीको सेयर कारोबार भयो । यस्तै सिटी होटलको २४ करोड ८६ लाख, आँखुखोला जलविद्युतको २२ करोड ६३ लाख, हिमाल दोखला हाईड्रोको १३ करोड ५६ लाख र रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ९० लाख बढीको सेयर कारोबार भयो ।

सर्वाधिक कमाउने र गुमाउने कम्पनी

आज कारोबारमा आएका कम्पनीहरुमध्ये दुईवटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो। आज सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य १३.३१ प्रतिशत, हिमाल दोलखाको ४ र ईङ्ग्वा हाईड्रोको सेयरमूल्य ३.४४ प्रतिशतले बढ्यो ।

यो दिन कालिञ्चोक हाईड्रो बैंकको सेयरमूल्य सर्वाधिक अर्थात १०.६६ प्रतिशतले घट्यो । 

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.