आईतवार, असार १५,२०८२ 09:51:13
  • आईतवार, असार १५,२०८२ 09:51:13
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’

Hyundai Nepal
झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’
Nabil Bank Limited

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

CG Motors
Muktinath Bikas Bank Limited

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार सम्हालिने प्रयास गरेको छ । बजारमा चैत महिनाको दबाब पनि सकिदै गएको छ । अब बजेट पनि आँउदै गर्दा लगानीकर्ताहरुको माग सम्बोधन हुन सक्ने देखिन्छ । तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आउन सक्छ । यस हिसाबले आज बजार तल जान नमानेको हो ।’ यद्यपी बजारमा केही ठूला कम्पनी चलाइएको उनले बताए । आन्दोलन र गभर्नरको विषयले केही अन्यौलता भएता पनि अब बजार क्रमश:सम्हालिने गजुरेलको तर्क छ ।

त्यसैगरि, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि चैत महिनाको दबाब सकिदै गएको कारण अब बजार सम्हालिने बताउछन् । उनी भन्छन्, ‘आन्दोलनको प्रभाव पनि खासै देखिएको छैन । गभर्नरको विषय पनि सहमतिमै टुङ्गिन सक्छ ।’ बजेट आउदै गर्दा लगानीकर्ताहरुको माग पनि सम्बोधन हुने अपेक्षा पाण्डेले गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.८३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२,फाइनान्स ०.९२,लघुवित्त ०.१६ र व्यापार समूह ०.९१ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात ०.६१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.३५, होटल ०.५४,हाईड्रो ०.२२,लगानी ०.२८,जीवन बीमा ०.०८ र म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड १४ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ४० करोड ६५ लाख, नेपाल पुनर्बीमाको २३ करोड १३ लाख, युनाइटेड मोदी हाईड्रोपावरको २१ करोड ५० लाख र राधि विद्युतको १८ करोड ३ लाख बढीको कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु),विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

गुराँस लघुवित्त र मैलुङ खोला जलविद्युतको सेयरमूल्य पनि आज क्रमशः५.२९ र ४.३८ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.७२ प्रतिशतले घट्यो । यस्तै सिन्धु विकास बैंकको मूल्य ६.५२,सामुदायिक लघुवित्तको ५.२८ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले बढ्यो ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.