सोमबार, कार्तिक २,२०८३ 04:29:23
  • सोमबार, कार्तिक २,२०८३ 04:29:23
Global IME Bank Limited

झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’

Bizshala
झिनो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘बजार बिस्तारै सम्हालिन्छ’
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.४४ अंकले घटेर २ हजार ६६६.६१ विन्दुमा झरेको छ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२७ प्रतिशतले घटेर ४४४.४८ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड ६ लाख ४३ हजार ४६९ कित्ता सेयर ५ अर्ब ३० करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘आज बजार सम्हालिने प्रयास गरेको छ । बजारमा चैत महिनाको दबाब पनि सकिदै गएको छ । अब बजेट पनि आँउदै गर्दा लगानीकर्ताहरुको माग सम्बोधन हुन सक्ने देखिन्छ । तेस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आउन सक्छ । यस हिसाबले आज बजार तल जान नमानेको हो ।’ यद्यपी बजारमा केही ठूला कम्पनी चलाइएको उनले बताए । आन्दोलन र गभर्नरको विषयले केही अन्यौलता भएता पनि अब बजार क्रमश:सम्हालिने गजुरेलको तर्क छ ।

त्यसैगरि, नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे पनि चैत महिनाको दबाब सकिदै गएको कारण अब बजार सम्हालिने बताउछन् । उनी भन्छन्, ‘आन्दोलनको प्रभाव पनि खासै देखिएको छैन । गभर्नरको विषय पनि सहमतिमै टुङ्गिन सक्छ ।’ बजेट आउदै गर्दा लगानीकर्ताहरुको माग पनि सम्बोधन हुने अपेक्षा पाण्डेले गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छायो भने अन्य ७ वटा समूहमा रातो पोतियो । उत्पादन तथा प्रशोधन समूह आज सर्वाधिक अर्थात १.८३ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.०२,फाइनान्स ०.९२,लघुवित्त ०.१६ र व्यापार समूह ०.९१ प्रतिशतले बढ्यो ।  

अन्य समूह आज सर्वाधिक अर्थात ०.६१ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.३५, होटल ०.५४,हाईड्रो ०.२२,लगानी ०.२८,जीवन बीमा ०.०८ र म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले घट्यो ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड १४ लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज ४० करोड ६५ लाख, नेपाल पुनर्बीमाको २३ करोड १३ लाख, युनाइटेड मोदी हाईड्रोपावरको २१ करोड ५० लाख र राधि विद्युतको १८ करोड ३ लाख बढीको कारोबार भयो ।    

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ३ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज बोटलर्स नेपाल(बालाजु),विन नेपाल लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

गुराँस लघुवित्त र मैलुङ खोला जलविद्युतको सेयरमूल्य पनि आज क्रमशः५.२९ र ४.३८ प्रतिशतले बढ्यो ।  

बाराही हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात ६.७२ प्रतिशतले घट्यो । यस्तै सिन्धु विकास बैंकको मूल्य ६.५२,सामुदायिक लघुवित्तको ५.२८ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य ४.९० प्रतिशतले बढ्यो ।    

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.