बुधबार, असार १०,२०८३ 04:00:31
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:00:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

Laxmi Sunrise Bank Limited
सलिको र एलआइसी नेपालको मात्रै सेयरमूल्य बढ्यो, सर्वाधिक गुमाउनेमा सिद्धार्थ प्रिमियर

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.२४ प्रतिशत र निर्जीवन बीमा समूह ०.३७ प्रतिशतले घटेको छ । बीमा समूह घट्दा आज एक जीवन बीमा कम्पनी र एक निर्जीवन बीमा गरी दुईवटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । 

New Office
CG Motors
Garima Development Bank

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १.०६ प्रतिशतले बढेर ६८५ रुपैयाँ २० पैसा र एलआइसी नेपालको ०.४४ प्रतिशत बढेर १३७९ रुपैयाँ पुगेको छ । आज २२ वटा बीमा कम्पनीको सेयरमूल्य घटेका छन् । सर्वाधिक गुमाउने वा सेयरभाउ घट्ने बीमा कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२५ प्रतिशतले घटेर ७६८ रुपैयाँ कायम भएको छ । 

त्यस्तै, एनएलजीको १.१८ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१६ प्रतिशत, सानिमा रिलायन्स लाइफको १.१२ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १.११ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ०.९१ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.८० प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.७१ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६३ प्रतिशत, सानिमा जिआइसीको ०.५१ प्रतिशत, सुर्यज्योति लाइफको ०.५१ प्रतिशत, हिमालयन एभरेष्टको ०.३५ प्रतिशत, आइजीआइ प्रुडेन्सियलको ०.३२ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.२९ प्रतिशत, हिमालयन लाइफको ०.२६ प्रतिशत, सिटिजन लाइफको ०.१९ प्रतिशत, आइएमई लाइफको ०.१८ प्रतिशत, एशियन लाइफको ०.१८ प्रतिशत, आरबीसीएलको ०.११ प्रतिशत, नेपाल लाइफको ०.०२ प्रतिशत र नेशनल लाइफको ०.०२ प्रतिशतले सेयरमूल्य घटेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.