सोमबार, श्रावण १८,२०८३ 11:55:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:55:12
Bizshala
Global IME Bank Limited

नेप्सेमा उच्च गिरावट, ३ हजार विन्दुबाट तल झर्यो बजार

नेप्सेमा उच्च गिरावट, ३ हजार विन्दुबाट तल झर्यो बजार
New Office

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.५९ प्रतिशत अर्थात ४७.९३ अंकले घटेर २ हजार ९५४.१४ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०७ प्रतिशतले घटेर ५०७.८४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर १६ अर्ब ४४ करोड १३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार विरेन्द्र विष्ट भन्छन्,  ‘केही दिनदेखि बढेको बजारमा आज तीव्र नाफा बुक भएको हो । आईजिनको विषयले पनि लगानीकर्ता त्रसित भएका कारण आज बजारमा दबाब देखिएको छ ।’

उनले आइतबारबाट भने बजारमा सुधार आउने अपेक्षा व्यक्त गरे । यद्यपी बजारलाई राम्रै साथ दिईरहेको र १२÷१५ अर्बको कारोबार हुनु सकारात्मक नै भएको उनको भनाई छ ।  

अर्का बजार जानकार टेकेन्द्र थपलियाले आज बजारमा नाफा बुक भएकै कारण परिसूचक घटेको बताए । ‘आइतबार साढे २६ अर्ब कारोबार भएको र आज त्यही सेयरको बिक्री दबाब आउदा बजार घट्न पुगेको हो । केही दिनपछि भने बजार पुनः सम्हालिन्छ,’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज म्युचुअल फण्ड र अन्य समूह मात्रै बढे । यी समूहहरु आज ०.०४ र ०.५६ प्रतिशतले बढे ।  

लघुवित्त समूहमा आज सर्वाधिक गिरावट आयो । यो समूह आज ३.६४ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज १.६३ प्रतिशत, विकास बैंक ३.३४, फाइनान्स २.८७, होटल २.२७, हाईड्रो १.७९, लगानी १.६७, जीवन बीमा १.७७, उत्पादन तथा प्रशोधन १.३२, निर्जीवन बीमा १.७४ र व्यापार समूह २.४५ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १ अर्ब ३२ करोड बढीको सेयर कारोबार भयो ।  

यस्तै हिमालयन डिष्टिलरीको ७३ करोड २९ लाख, शिवम् सिमेन्टको ५७ करोड ३३ लाख,ग्रीन भेन्चर्सको ५६ करोड ६९ लाख र नेपाल पुनर्बीमाको ५४ करोड ३५ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज सान्भी इनर्जी र ट्रेड टावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

समता घरेलु लघुवित्तको सेयरमूल्य पनि आज ६.७४ प्रतिशत, सिक्लेस हाईड्रोको ५.१६ र भूगोल इनर्जीको सेयरमूल्य ३.८२ प्रतिशतले बढ्यो ।  

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक अर्थात ८.०४ प्रतिशतले घट्यो । यो दिन कालिका पावरको सेयरमूल्य पनि ६.०१ प्रतिशत,सीवाईसी नेपाल लघुवित्तको ५.४२ र नाडेप लघुवित्तको सेयरमूल्य ५.४२ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.