सोमबार, श्रावण १८,२०८३ 11:54:48
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:54:48
Bizshala
Global IME Bank Limited

२७ सय विन्दु नजिक पुग्यो नेप्से, कारोबारसँगै सूचकमा पनि सुधार

२७ सय विन्दु नजिक पुग्यो नेप्से, कारोबारसँगै सूचकमा पनि सुधार
New Office

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १९.५६ अंकले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७८ प्रतिशतले बढेर ४५३.४२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०९ वटा स्क्रिप्टको २ करोड ९ लाख ८४ हजार ४४० कित्ता सेयर ९ अर्ब ४७ करोड ३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

गत बिहिबार ७ अर्ब ९२ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्,  ‘अहिले बजारमा एक्युमुलेशन चलिरहेको छ । बजार हाल बुलिस नै छ र आजको बढोत्तरी पनि त्यसैको निरन्तरता हो । अहिले ब्याजदर न्यून हुनु, तरलता फालाफाल हुनु र नयाँ गर्भनर आउदै गरेकाले बजारमा बुलिस लयमा रहेको छ । ’

अहिलेको बजारमा जोखिम कम प्रतिफल उच्च रहेको र यसलाई दैनिक ७–८ कारोबार हुनुले एक्युमुलेशन चलेको पृष्टि गरेको उनले बताए ।  

अर्का बजार जानकार दोमोदर गजुरेलले पनि बजारमा एक्युमुलेशन चलेको बताए । ‘संसद चल्दै गर्दा सरकारको स्थायित्व बढ्दै जानु, आर्थिक सुधार हुनु जस्ता विषयले कुनैपनि बेला बजारले राम्रो गति लिने देखिन्छ । यद्यपी लगानीकर्ता मौद्रिक नीतिको समीक्षाको पखाईमा समेत रहेका छन्, ’ उनले भने ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात ४.९४ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज ०.९८ प्रतिशत, विकास बैंक ०.०८, होटल १.९५, हाईड्रो ०.३६,लगानी १.१७,जीवन बीमा ०.३९,उत्पादन तथा प्रशोधन ०.२०,लघुवित्त १.८६, अन्य ०.३८ र व्यापार समूह ०.२५ प्रतिशतले बढ्यो ।  

आज म्युचुअल फण्ड र निर्जीवन बीमा समूह मात्रै घटे । यी समूहहरु आज क्रमशः०.११ र १.२८ प्रतिशतले घटे ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३३ करोड ५४ लाख बढीको कारोबार भयो । सिईडिबि होल्डिङ्ग्सको पनि आज ३१ करोड ३८ लाख,हिमालयन पावर पार्टनरको ३० करोड ६४ लाख,न्यादी हाईड्रोपावरको २२ करोड ४ लाख र सप्तकोशी डेभलपमेन्ट बैंकको १८ करोड ७२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज विन नेपाल लघुवित्त,गुँरास लघुवित्त,नेपाल फाइनान्स,जानकी फाइयनान्स,गार्डियन माइक्रो लाइफ र पोखरा फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

गोर्खाज फाइनान्सको सेयरमूल्य पनि आज ८.७८ प्रतिशत,पिपुल्स हाईड्रोपावरको ७.९१ र गुडविल फाइनान्सको सेयरमूल्य ७.८१ प्रतिशतले बढ्यो ।  

न्यादी हाईड्रोको सेयरमूल्य आज सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो । एनएलजी इन्स्योरेन्सको सेयरमूल्य पनि आज ९.५५ प्रतिशत र बाराही हाईड्रोको सेयरमूल्य ७.४१ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.